Comments Add Comment

पोखरामा अस्पताल निर्माण गर्न क्यान्वेरामा कर्णदास साँझ हुँने

२३ मे, क्यान्वेरा । इन्टरनेशनल नेपाल फेलोसिप (आइएनएफ) द्वारा पोखरामा निर्माणाधिन ग्रीन पाश्चर हस्पिटलको सहयोगार्थ क्यान्बेरा सिटीमा कर्णदास साँझ हुुँने भएको छ ।

क्यान्बेरा सिटीमा रहेको ओरिजिन नेपाल रेष्टुरेन्ट एन्ड बारमा कर्णदास सांगीतिक साँझ आयोजना हुने जनाइएको छ ।

आगामी जुन महिनाको ९ तारिखका दिन साँझ साढे ६ बजे क्यान्बेरा स्थित नेपाली रेडियो एफएम् ९१.१ को समन्वयमा हुन गइरहेको उक्त कार्यक्रममा क्यान्बेराका स्थानीय नेपाली सँस्थाहरू अस्ट्रेलिया नेपाल  फ्रेन्डसीप सोसाइटी तथा एनआरएनको पनि सहयोग रहेको आयोजकले जनाएको छ ।

६५ वर्षदेखि नेपालका विभन्नि दुर्गम क्षेत्रमा स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको आइएनएफको पहलमा स्पाईनल इन्जुरीहरूको उपचारार्थ पोखराको बगरमा ग्रीन पाश्चर हस्पिटलको निर्माण हुन लागेको छ ।

सोही अस्स्पताल निर्माणका निमित्त आर्थिक सहयोग जुटाउने उद्देश्यले उक्त साँगीतिक साँझ हुन गइरहेको हो ।

अष्ट्रेलियाका बिभिन्न प्रमुख शहरहरूमा आइएनएफद्वारा आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ कर्णदास साँस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment