Comments Add Comment

भरतपुरमा देवीको अग्रता ३८३६ मा समेटियो, अब रेणुको पालो ?

गणना हुन बाँकी १४ वडामा को बलियो ?

९ जेठ काठमाडौं । सर्वत्र चासो रहेको भरतपुर महानगरपालिकाको मतगणना रोचक चरणमा प्रवेश गरेको छ । एमालेका प्रभाव रहेका वडाहरुको मतगणना भइरहँदा देवी ज्ञवालीले ३८३६ मतको अग्रता लिँदै २६०५६ मत पाएका छन् भने रेणुले २२२० मत पाएकी छिन् ।

आफ्नो प्रभाव रहेका १०, ११, १२, २७ र २८ नम्बरको मतगणना हुँदा एमालेको अपेक्षा ३५ सय देखि ४ हजारसम्मको अग्रता कायम हुने अपेक्षा थियो । र, उसको अपेक्षा लगभग पूरा भएको छ ।

तर, स्थानीय सम्वाददाता एवं विश्लेषकहरुका अनुसार देवी ज्ञवालीको जित यही अग्रताले मात्रै सुनिश्चित गर्न सक्दैन । किनभने अब गणना हुने वडाहरु कांग्रेस र माओवादीको भोट बैंक हुन् भने त्यहाँ एमालेको स्थिति प्रतिरक्षात्मक हुनेछ ।

त्यसैले अबको अग्रता लिने पालो रेणुको दाहालको रहेको विश्लेषकहरुको तर्क छ ।

कुल २९ वडाहरु रहेको भरतपुर महानगरपालिकामा अझै १४ वडाको मतगणना हुन बाँकी छ, तीमध्ये अधिकांश नेपाली कांग्रेसको पकड रहेका वडाहरु हुन् ।

स्थानीय विश्लेषकहरुको दाबी अनुसार अब गणना हुन बाँकी रहेका वडाहरुको दलगत प्रभाव यस्तो छः

-वडा नं १३ र १४ मा माओवादीको सामान्य प्रभाव छ, यसमा कांग्रेस थपिँदा रेणुलाई राम्रै मत आउन सक्छ ।

– वडा नम्बर १५ मा एमालेको प्रभाव राम्रो छ र यहाँबाट उनले बढी मत पाउन सक्छन् ।

-वडा नम्बर १६, १७, १८, १९ र २० मा कांग्रेसको प्रभाव छ । यहाँको मतले रेणुले देवीसँगको मतान्तरलाई घटाउने अनुमान गरिएको छ ।

– वडा नम्बर २१ मा एमाले र कांग्रेसको उस्तै प्रभाव रहेकाकाले यहाँ तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

– वडा नम्बर २३ र २४ मा एमालेको प्रभाव बढी छ ।

– वडा नम्बर २५ मा माओवादीको प्रभाव राम्रै रहेको मानिन्छ, जहाँ कांग्रेसको मत थपिँदा रेणुले बढी मत पाउने अनुमान गर्न सकिन्छ ।

– वडा नम्बर २६ मा नेपाली कांग्रेसको बलियो प्रभाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment