Comments Add Comment

तामाङ महिलाले पहिलो पटक गरिन् सगरमाथा आरोहण

९ जेठ, काठमाडौं। तामाङ समुदायको पहिलो महिलाका रुपमा कान्छीमाया तामाङले सगरमाथा आरोहण गरेकी छन् । सिन्धुपाल्चोककी तामाङले जेठ ६ गते बिहान ६ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् ।

मानव बेचबिखन र खेलकुदजगत्मा लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पुर्याउने उद्देश्यले आफू सगरमाथा चढेको तामाङले बताइन् । फर्किंदा आफ्नो ‘अक्सिजन सिलिन्डर’ चोरिएका कारण धेरै समस्या भए पनि आफ्नो टोलीका प्रमुख पेम्बादोर्जे शेर्पाको सहयोगका कारण सकुशल आउन सफल भएको उनले अनुभव सुनाइन् ।

आरोहणका क्रममा धेरैपटक अप्ठेरो परे पनि आफ्नो समुदाय र उद्देश्यलाई सार्थकता दिन ३२ दिनको यात्रापछि चुचुरोमा पुगी फर्किएर आएको उनले जानकारी दिइन् ।

तामाङको टोलीप्रमुख रहेका १६ पटक सगरमाथको आरोहण गरेर चारओटा विश्व कीर्तिमान कायम गर्नुभएका शेर्पाले तामाङ समुदायबाट कान्छीमाया तामाङले सगरमाथा चढेपछि सो समुदायका अन्य महिलाका लागि पनि आरोहणका लागि बाटो खुलेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment