Comments Add Comment

बैंकर श्रेष्ठ महिला उद्यमी विकास समितिको उपसभापति


९ जेठ, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले महिला उद्यमी विकास समितिको उपसभापतिमा बैंकर रविना देशराज श्रेष्ठलाई मनोनित गरेको छ ।

महासंघकी कार्यकारिणी समितिकी सदस्य कमला श्रेष्ठ सभापति रहने गरी बैंकर श्रेष्ठलाई उपसभापति मनोनित गरिएको हो ।

बैंकर श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत छिन् । साँढे दुई दशक लामो बैंकिङ करिअरका क्रममा महिला उद्यमीहरुलाई पुर्याएको योगदान बापत उनलाई उपसभापति मनोनित गरिएको महासंघले जनाएको छ ।

जेठ ७ गते मनोनित गरे पनि बैंकर श्रेष्ठले मंगलबार मात्रै पत्र बुझिन् । उपसभापतिमा मनोनित गरेको पत्र बुझेपछि निकै खुसी लागेको बैंकर श्रेष्ठले प्रतिक्रिया दिइन् ।

आगामी दिनमा महिला उद्यमीहरुको सशक्तिकरण र थप व्यवसायिक बनाउन सक्दो योगदान पुर्याउने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment