Comments Add Comment

सप्तरी पुगेर शेखरले भने-दोस्रो चरणको चुनावमा कांग्रेस पहिलो हुन्छ

९ जेठ, सप्तरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. शेखर कोइराला मंगलबार दिनभर सप्तरीमा बिताए ।
स्थानीय नेताहरुसँग भेटघाट र छलफल गर्दै कोइरालाले दुई ठाउँमा आयोजित चुनावी कार्यक्रमका प्रमुख अतिथी बन्दै सम्बोधन गर्न भ्याए ।

उनले भने, अब हुने निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्नेछ ।’

नेता कोइरालाले सदरमुकाम राजविराज र कंचनरुप नगरपालिकामा आयोजना गरिएको चुनावी सभामा मन्तव्य दिएका छन् ।
स्थानीय तह निर्वाचन सम्बन्धमा आपसी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले भने, मधेस र मधेसीको सबाल हाम्रो पार्टीले मात्र उठाएको हो, अरु कुनै मधेशबादी दलले उठाएको होइन ।’

कांग्रेसको उत्पति मधेसबाटै भएकाले मधेसको मुद्दालाई कहिले नछाड्ने भन्दै कोइरालाले कांग्रेस र मधेस एक अर्काको परिपुरक भएको बताए । मधेसवादी दलहरुले भने चुनावी नारा मात्र बनाएको दाबी गरे ।

पहिलो चरणको चुनावमा कांग्रेस दोश्रो भएपनि जेठ ३१ गते हुने दोश्रो चरणको निर्वाचनमा कांग्रेसले अत्यधिक स्थानमा सफलता हात पार्ने दाबी समेत गरे ।

यसअघि कंचनरुप नगरपालिकाको कंचनपुरमा भएको कार्यक्रममा कांग्रेस नेता कोइरालाले मधेसको मागप्रति आफूहरु गम्भीर भएपनि संविधान संशोसनमा एमाले बाधक बनेको आरोप लगाए ।

कार्यक्रममा नेपाली कांग्रस क्षेत्रीय सभापति ललन प्रसाद गुप्ताले चुनावअघि संविधान संशोधन भए मधेशी जनता खुशी हुने बताए । कार्यक्रममा फोरम लोकतान्त्रिक परित्याग गरी श्यामानन्द चौधरी तथा एमालेबाट पार्टी परित्याग गरेका करिब १०० कांगे्रसमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment