Comments Add Comment

एनआईसी एशिया बैंकको सहायक सिइओ बने न्यौपाने र पाण्डे


९ जेठ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रोशनकुमार न्यौपाने र सुधिर पाण्डेलाई सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।
­­
सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुन् । उनी करिब १० वर्ष अगाडि आन्तरिक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका थिए । न्यौपाने बैंकिङ क्षेत्रमा नवीनतम प्रणालीको प्रयोग गर्दै यस क्षेत्रलाई नयाँ उचाईसम्म पुर्‍याउनु पर्छ भन्ने मान्यता राख्छन् ।

त्यसै गरी २०४६ साल मंसिरमा तत्कालीन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंैकिङ सेवामा प्रवेश गरेका सहायक प्रमुख कार्यकारी अधिकृतसुधिर पाण्डेले विभिन्न बैंकहरु तथा एनआईसी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समयदेखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् ।

लामो बैंकिङ अनुभव सम्हालेका कुशल व्यवस्थापक पाण्डे तथा बैंकिङ क्षेत्रको सर्वाङ्गण्िा विकासको लागि अन्तर्राष्ट्रिय मान्यताहरु र नविनतम सोचहरु नेपालको बैंकिङ क्षेत्रमा भित्रयाउन दक्ष एवं कुशल रणनीतिक योजनाकार रोशनकुमार न्यौपानेको कार्य संयोजनले बैंकले उल्लेखनीय प्रगति हासिल गर्ने अपेक्षा बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment