Comments Add Comment

अमेरिकामा विश्वविद्यालयले गर्‍यो नारायण श्रेष्ठलाई सम्मान

न्यूयोर्क । अमेरिकामा अध्ययन गर्दै आएका पत्रकार नारायण श्रेष्ठलाई यहाँको एउटा विश्वविद्यालयले सम्मान गरेको छ ।

मेरिल्याण्डको यूनिभर्सिटी अफ बाल्टिमोरबाट भर्खरै ‘ग्लोवल अफेयर्स’ विषयमा स्नातकोत्तर सकेका श्रेष्ठलार्इ उनले गरेको अनुसन्धानका लागि सम्मान गरेको हो ।

शनिबर विश्वविद्यालयले सम्मान कार्यक्रम आयोजना गरेको थियो । विद्यार्थी र प्राध्यापकहरुको उपस्थितिमा श्रेष्ठले सम्मान ग्रहण गरेका थिए ।

सम्मान ग्रहण समारोहमा श्रेष्ठले आफ्नो दुई वर्ष लामो मेहनत र अध्ययन पुरस्कृत भएको बताए । ‘मैले नेपालको हिमालमा छिट्छिटो पग्लिएको हिउँ र हिमनदी देखेको छु । दश वर्ष लामो द्वन्द्व पनि देखेको छु’ समारोहमा श्रेष्ठले भने, ‘त्यही ठाउँको नभए पनि मैले जलवायु परिवर्तन र मानवीय द्वन्दको सम्बन्धका बारेमा खोज अनुशन्धान गर्ने मौका पाएं।’

स्नातकोत्तर अध्ययनका क्रममा उनले संसारका विभिन्न देशमा भएका द्वन्दका घटनामा जलवायु परिवर्तनको प्रभाव कस्तो पर्छ भनेर खोज अनुशन्धान गरेका थिए ।

सुडानको डार्फर क्षेत्रलाई उनले ‘केस स्टडी’ का रुपमा लिएका थिए । बढ्दो तापक्रम र घट्दो वर्षा मानवीय द्वन्दका घटनाहरुसँग संबन्धित भएको त्यो अनुसन्धानमा देखिएको थियो ।

उक्त अनुसन्धानलाई उत्कृष्ठ अनुशन्धान ठहर्दै विश्वविद्यालयले उनलाई सम्मानित गरेको हो । विश्वाविद्यालयले यसै वर्षदेखि विद्यार्थीहरुको उत्कृष्ठ शोध अनुशन्धानलाई सम्मानित गर्ने परम्परा सुरु गरेको बताएको छ । उक्त विश्व विद्यलायमा यो अवार्ड पाउने नारायण श्रेष्ठ पहिलो विद्यार्थी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment