Comments Add Comment

नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति

आफूलाई मन परेको केटा वा केटीलाई प्रपोज गर्ने तरिका अनेक हुन सक्दछन् । तर, रुसका एक युवकले प्रपोज गर्नका लागि जुन तरिका अपनाएका छन् त्यसले धेरैको होसहवास उडाउन सक्छ ।

आखिर कोही मानिस कसैलाई प्रस्ताव राख्नका लागि यो हदसम्म कसरी जानसक्छ ? यो प्रश्न उठ्नु अस्वभाविक होइन ।

वास्तवमा ती युवक केही दिनअघि दुर्घटनामा परी घाइते भएका थिए । जसका कारण उनको पेटमा गम्भीर चोट लागेको थियो । पेटमा जुन ठाउँमा चोट लागेर काटिएको थियो उनले सोही ठाउँमा एउटा औँठी लुकाएर आफुलाई मनपर्ने नर्सलाई प्रपोज गर्ने अनौठो आइडिया निकाले ।

जब नर्स ती घाइते युवकको घाउको ड्रेसिङ गर्न आइन् र पेटको घाउमाथिको पट्टी हटाउन थालिन् तब उनले पट्टि मुनि औँठी फेला पारिन् ।

वास्तवमा पेटको त्यो घाउमा औँठी लुकाएर नर्सलाई सरप्राइज दिँदै उनले नर्सलाई प्रपोज गरिहाले ।

कुनै बिरामीले यस्तो पाराले आफुलाई प्रपोज गरेपछि नर्सले के गर्लिन् ? अचम्म त के भयो भने ती नर्सले ती घाइते युवकको प्रेम प्रस्ताव स्वीकारिन् । तर, घाउमा औँठी घुसाउने त्यस्तो मुर्खतापूर्ण कामका लागि भने उनले युवकलाई गाली गरिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment