Comments Add Comment

यस्तो सपिङ मल, जहाँ छन् स्तनपान गराउने मूर्तिहरु

कोलम्बियामा एउटा यस्तो सपिङ मल छ, जहाँ राखिएका डमी अर्थात् मूर्तिहरुले स्तनपान गराइरहेका छन् ।

राजधानी बोगोटामा रहेको सबैभन्दा ठूलो शपिङ मल हो सेन्ट्रो मेयर शपिङ मल । यो शपिङ मलको ठाउँ ठाउँमा यस्ता प्लास्टिकका मूर्तिहरु राखिएको छ । ती मूर्तिहरुमा एक महिलाले आफ्नो बच्चालाई स्तनपान गराइरहेको देखाइएको छ ।

आखिर एकजना अष्ट्रेलियाली सांसदले संसद भवनमै स्तनपान गराएर सन्देश दिन सक्छिन् भने शपिङ मलका यी डमीहरुले के नसक्ने ? त्यसैले कुनैप्नि महिलाले शपिङका बेला कुनै अप्ठेरो नमानिकन आफ्नो बच्चालाई स्तनपान गराउन् भनेर यस्ता डमी राखिएको हो ।

कोलम्बियामा बच्चाहरुमा अपर्याप्त पोषणको समस्या धेरै रहेको छ । केबल ४१ प्रतिशत बच्चाहरुले मात्र स्तनपान गर्न पाएका छन् ।

उक्त शपिङ मलका सञ्चालक भन्छन्: म चाहन्छु की शपिङका बेला खुलेर स्तनपान गराउन पाइने मलका रुपमा मेरो शपिङ मलको नाम चलोस् । यो ठाउँ बच्चा र आमा दुबैका लागि आरामदायी छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment