Comments Add Comment

तपाईंको ह्वाट्सएप डाटा यसरी प्रयोग गर्दैछ फेसबुक


आफ्ना प्रयोगकर्ताको फोन नम्बर फेबसुकसँग शेयर गर्ने घोषणा गरेर ह्वाट्सएपले गत अगष्टमा सबैलाई आश्चर्यमा पारेका थियो ।

फेसबुकले सन् २०१४ मा ह्वाट्सएप खरीद गरेको थियोे । त्यसयता पहिलो पटक ह्वाट्सएप्ले आफ्नो गोपनियता नीतिमा परिवर्तन गरेको हो ।
त्यसको एउटा प्रष्ट अर्थ के थियो भने त्यसबाट विज्ञापन बढ्नेछ र गोपनियता घट्नेछ ।

प्राविधिक मामिला सम्बन्धी परामर्श कम्पनी ओभमकी पामेला क्लार्क डिक्सनका अनुसार ह्वाट्सएपका कैयन् प्रयोगकर्ताहरुले यसबाट ठगिएको महसुस गरेका छन्।

गत बिहिबार मात्रै युरोपेली आयोगले ह्वाट्सएप खरीद गर्ने समयमा गलत जानकारी दिएको भन्दै फेसबुकमाथि एक करोड २० लाख डलर जरिवाना गरेको छ ।

मर्जरका बेला झुटो विवरण दिएको आरोपमा यसरी कुनै कम्पनीमाथि युरोपेली आयोगले कारवाही गरेको पहिलो पटक हो ।

युरोपियन कमिश्नर फर कम्पिटिसन मार्गरेट वेस्टेयरले फेसबुकमाथिको जरिवाना सही रहेको र यसले सही सन्देश प्रवाहित हुने बताए ।

ह्वाट्सएप खरीद गर्ने बेला फेसबुकले प्रयोगकर्ताको ह्वाट्सएप र फेसबुकको अकाउन्टलाई नजोड्ने प्रतिबद्धता जनाएको थियो । तर फेसबुक उक्त बाचामा टिक्न सकेन ।

फेसबुकका प्रवक्ताले चाहीँ आफुहरुले राम्रो भावनाले काम गरेको र सधै सही जानकारी दिने कोसिस गरेको जिकिर गरेका छन् ।

आखिर फेसबुकले किन उठायो यस्तो खतरा ?

फेसबुकलाई तपाइँको नम्बर किन चाहियो ? एउटा जवाफ यो हुनसक्छ की फेसबुले तपाइँलाई ती मानिससँग साथी बन्ने सल्लाह दिनसक्दछ जो सँग तपाइँ फोनबाट त जोडिनुभएको छ तर सोसल नेटवर्कबाट छैन ।

यदि अहिलेसम्म यस्तो भएको छैन भने अचम्म नमान्नुहोस् । अब तपाइँको फेसबुकमा कुनैपनि बेला त्यस व्यक्तिलाई साथी बनाउन सल्लाह प्राप्त हुनेछ जसको तपाइँले कुनै समयमा फोन नम्बर सेभ गर्नुभएको थियो ।

त्यो कुनै प्लम्बर पनि हुन सक्नेछ जसले कुन समयमा धारा बनाउन आउँ भनेर ह्वाट्सएपमा सोधेका होस् ।

यद्यपि त्यस्तालाई फेसबुकमा पनि साथी बनाउने नबनाउने भन्ने निर्णय चाहीँ तपाइँकै हातमा हुनेछ । तर कुनै अपरिचितलाई साथी बनाउने सल्लाह फेसबुकबाट प्राप्त हुनु साँच्चीकै दिक्कलाग्दो कुरा हो ।

विज्ञापनको खेल

यो कुरा त थाहै छ की फेसबुक वालमा देखिने विज्ञापनहरु हरेक प्रयोगकर्ता अनुसार पर्सनलाइज्ड गरिएको हुन्छ ।

गुगलमा तपाइँ जुन कुरा सर्च गर्नुहुन्छ, त्यससँग सम्बन्धित विज्ञापन फेसबुकले तपाइँलाई वालमा देखाउन सुरु गर्दछ ।

अनि यसको फाइदा चाहीँ विज्ञापनदाताले उठाउँछन् । अलग अलग उमेर, रुची, शहर तथा अन्य जानकारीहरुका आधारमा प्रयोगकर्तालाई सुहाउने विज्ञापन पठाउँदछन् ।

यद्यपि यसका लागि ह्वाट्सएपबाट तपाइँको जुन जानकारी फेसबुकले प्राप्त गरेको छ त्यसको पनि प्रयोग गर्न सकिन्छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ह्वाट्सएपको माध्यमबाट लक्षित विज्ञापन प्रयोगकर्तालाई पठाउने नयाँ सिस्टममा पनि फेसबुकले काम गरिरहेको छ ।

मार्च महिनामा रोयटर्सले फेसबुकको यस सम्बन्धी आन्तरिक दस्ताबेज फेला पारेको थियो ।

एक शोध अनुसार कम्पनीहरुले ह्वाट्सएपको माध्यमबाट सम्भावित उपभोक्ताहरुलाई लक्षित गरी सिधै विज्ञापन पठाउन सक्दछन् ।

जब फेसबुकले ह्वाट्सएप खरीद गरेको थियो तब उसले भनेको थियो की उसले विज्ञापन र उत्पादनहरुका विषयमा अनुभवलाई अझै उत्कृष्ट बनाउन चाहन्छ ।

एक ब्लगमा फेसबुकले भनेको थियो: फेसबुक सिस्टमबाट प्रयोगकर्ताको नम्बरलाई जोडेर हामी तपाइँलाई तपाइँ अनुरुपको विज्ञापन देखाउन चाहन्छौँ ।

लगइन जान्ने कोसिस

ह्वाट्सएपले फेसबुकलाई यो पनि बताउँदछ की तपाइँले अन्तिम पटक कहिले ह्वाट्सएप चलाउनुभयो ?

यद्यपि यसको जानकारी प्राप्त गर्नुको कुनै सिधा फाइदा नहोला तर यसको माध्यमबाट प्रयोगकर्ताको ह्वाट्सएप चलाउने आदतको बारेमा फेसबुकले जानकारी प्राप्त गर्न सक्दछ । ह्वाट्सएप चलाउने प्रयोगकर्ताको आदतको जानकारीका आधारमा विज्ञापनदाताले प्रयोगकर्तालाई लक्षित विज्ञापन पठाउन सक्दछन् ।

यथार्थ के हो भने नियमित रुपमा ह्वाट्सएप चलाउनेहरुको सबै कुरा फेसबुकलाई थाहा हुन्छ, यति सम्मकी ऊ कतिबेला सुत्दछ ।

यद्यपि फेसबुकको दाबी अनुसार ह्वाट्सएपका डाटाहरु एनक्रिप्टेड हुने भएकाले फेसबुकमा शेयर हुँदैनन् ।

तर जब फेसबुकले आफ्नो प्राइभेसी नीतिमा परिवर्तन गरेको थियो तब उसबेला प्रयोगकर्तालाई एउटा नयाँ शर्त पालना गर्न भनिएको थियो ।

त्यो एक अटोम्याटिक मेसेजको रुपमा थियो । यसको रिड मोर अप्सनमा गएर तपाइँले शेयरिङ अकाउन्ट इन्फर्मेसनलाई डिएक्टिभ गर्न पनि सकिन्थ्यो ।

प्रयोगकर्तालाई एक महिनाको समय दिइएको थियो त्यसको गर्नका लागि । यदि त्यस समयमा तपाइँले उक्त अप्सनलाई डिएक्टिभेटेड गर्नुभएको थिएन अब अब फेसबुकमा तपाइँका जानकारीहरु शेयर हुन रोक्ने कुनै बाटो छैन ।
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment