Comments Add Comment

सरकार फेरबदलमा रुमलिएको ‘नेप्से’


१० जेठ, काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिने खबरले ट्रयाक परिवर्तन गरेर दोहोरो अंकले बढेको बजार बुधवार दिनभर भने घट्यो । तर, यस दिन ४ बजेपछि राजिनामा आउन खबरले अन्तिम डेढ घण्टामा बजार उकालो लाग्यो ।

नेप्से परिसूचक अन्त्यमा ३.०७ अंकले बढेर १६२९ विन्दुमा आइपुगेको छ । बजारमा केही दिन यता, कम उतार चढाव र केही दिन घटेको बजार सकारात्मक राजनीतिक अवस्था बन्न लागेकोमा केही आशावादी भने बनेको छ ।

दोस्रो चरणको निर्वाचनमा अन्य दलहरु पनि सकारातमक जस्तो देखिएको र सरकार सञ्चालनको प्रक्रियामा मुख्य दल कांग्रेस र माओवादी बीच कुरा नबिग्रिएको खबरले सकारात्मक प्रभाव पारेको हो ।

यद्यपी बजारलाई नकारात्मक प्रभाव पार्न सक्ने गरि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदरमा वृद्धि गर्नु, सेयर धितोमा कर्जा सहज नहुनुले पनि केही दिन बजारको दिशा स्पष्ट नहुने देखिन्छ ।

यस दिन कारोबारमा आएका होटेल बाहेकका सबै समूहगत सूचकहरु वृद्धि भएको छ । कारोबार रकम ६९ करोड रुपैयाँमा सिमित भएको छ । अधिकांश मूल्य बढ्ने कम्पनीहरुको सेयर कारोबार ३ प्रतिशतभन्दा कमले बढेको छ । त्यस्तै, मूल्य घटेकामा पनि अधिकांशको २ प्रतिशतभन्दा कमले घटेको छ ।

ललितपुर फाइनान्सको संस्थापक सेयर सहित सिद्धार्थ बैंक, हिमालयन जनरल इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै रकमको कारोबार भयो । सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरुको कारोबार मापक सूचक फ्लोट परिसूचक र नेप्सेको क वर्गमा पर्ने कम्पनीहरुको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक पनि बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment