Comments Add Comment

प्रधानमन्त्री बन्नुअघि केपी ओलीले सोधेका प्रश्नको १० महिनापछि प्रचण्डले दिए जवाफ

फाइल तस्वीर

१० जेठ, काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्टममा उभिएर सोधेका थिए, फास्ट ट्र्याक के हुन्छ ?

प्रधानमन्त्री भएको १० महिनापछि प्रचण्डले ओलीले सोधेको प्रश्न मात्र सम्झिएनन्, जवाफ पनि दिए । बुधबार देशबासीलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले ओलीको नाम नलिई आफूलाई संसदमा सोधिएका प्रश्नहरु सम्झिए ।

त्यसबेला सोधिएको प्रश्न जायज भएपनि सोध्नेहरुको नियत सही नभएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भनेका छन्, ‘फास्ट ट्र्याकलाई लिएर त नियोजित प्रचार नै गरियो । आज म ती प्रश्नहरुको जवाफ दिन चाहन्छु ।’

आफ्नो सरकारले फास्ट ट्र्याक निर्माणको ग्यारेन्टी गरेको प्रचण्डले बताए । लामो समयसम्म राजनीतिक दाउपेचमा मात्र सीमित रहेको फास्ट ट्र्याक नेपाली सेनालाई बनाउने दिने निर्णय भएको भन्दै उनले भने, ‘केही दिनमा म शिलान्यास गर्दैछु ।’

उनले लामो समयदेखि बन्न नसकेको हुलाकी मार्ग पनि तीव्र गतिमा बनिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment