Comments Add Comment

माछापुच्र्छे बैंकको परासी शाखा सञ्चालनमा


१० जेठ, काठमाडौं । माछापुच्र्छे बैंकले परासी शाखालाई महेशपुर चोक, परासीबजार वडा नं ५ साबिकको भवनबाट दक्षिणतर्फसँगैको नयाँ भवनमा स्थानान्तरण गरेको छ । सो शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन के.सीले गरे ।

नयाँ सुविधा सम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुविधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुविधा समेत उपलब्ध गराएको बताएको छ ।

रु. ६ अर्व ५९ करोड चुक्तापुँजी रहेको यस बैकले २०७३ साल चैत्रमसान्तसम्म रु. ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ । अवधिमा रु. १ अर्व ५१ लाख खुद मुनाफा गरेको छ ।

यस बैकले दैनिक बैकिङ कारोबार सञ्चालन गर्न प्रयोग गरेको बैंकिङ सफ्टवेयर ग्लोबस बिश्वमानै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुलाई अत्याधुनिक सेवा दिदै आएको छ ।

बैकले पुर्वमाबिर्तामोड देखि पश्चिममा धनगढी साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना शाखाहरु स्थापना गरी सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment