Comments Add Comment

एमालेले झापाका ९ स्थानीय तहमा उम्मेदवार टुंगो लगायो (सूचीसहित)

१० जेठ, झापा । नेकपा एमालेले झापाको ९ स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

एक नम्बर प्रदेश कमिटीको मंगलबार राति बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

बैठकले भऽपुर नगरपालिकाको मेयरमा जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्दा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरी, दमकको मेयरमा रोमनाथ ओली र गौरादहको मेयरमा मदन अधिकारीलाई उमेदवार बनाउने निर्णय भएको छ ।

एमालेका झापा अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति नगरपालिकामा मेयरका पदमा उठ्ने भएका छन् भने उपमेयरमा मीना भूर्तेललाई उठाइने भएको छ ।

कमल नगरपालिकाको मेयरमा मेनका काफ्ले  र उपमेयरमा वेणु शिवाकोटीलाई उठाउने निर्णय गरिएको छ ।

अर्जुनधारा नगरपालिकामा हरि राना र उपमेयरमा कमला आचार्यलाई उठाउने तयारी गरिएको छ ।

पाँच गाउँपालिकामध्ये कचनकवल र झापा गाउँपालिकामा सर्वसम्मत उमेदवार तय भइसकेको छ । कचनकवलमा शेरबहादुर खत्री र धनमाया दाहाललाई अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत भइसकेको छ ।

झापा गाउँपालिकाको अध्यक्षमा गजेन्ऽ ताम्ली र उपाध्यक्षमा कुन्ती बुढाथोकीलाई उम्मेदवार बनाउने त्यहाँबाट सर्वसम्मत निर्णय भएको छ ।

बाह्रदशी गाउँपालिकाको अध्यक्षमा लक्ष्मण पाठक र उपाध्यक्षमा गंगा धमलालाई उपाध्यक्षमा उम्मेदवार बनाउने तय भएको बुझिएको छ ।

नेकपा एमाले १ नम्बर प्रदेश कमिटीले मेचीनगर, बिर्तामोड, कनकाई, शिवसताक्षी नगरपालिका र गौरीगञ्ज तथा हल्दिबारी गाउँपालिकाको उम्मेदवार भने केही दिनपछि टुङ्गो लगाउने प्रदेश कमिटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment