Comments Add Comment

विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा इथियोपियाका टेड्रोस निर्वाचित

विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा इथियोपियाका टेड्रोस एडहानोम घेब्रयस निर्वाचित भएका छन् ।

जेनेभामा जारी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को ७०औं साधारणसभाले टेड्रोसलाई नयाँ महानिर्देशक चयन गरेको हो । उनी डब्ल्यूएचओका आठौं महानिर्देशक बनेका छन् ।

५२ वषर्ीय टेड्रोसले आगामी ५ वर्षका लागि स्वास्थ्य संगठनको नेतृत्व सम्हाल्ने भएका हुन् । राष्ट्रसंघीय नियोगमा प्रमुख हुने उनी पहिलो अपि|mकी नागरिक हुन् ।

महानिर्देशक पदका लागि डब्ल्यूएचओको मेम्बर स्टेटले विभिन्न देशका ६ जनाको नाम सिफारिस गरेको थियो । जसमा १ सय ८६ देशका स्वास्थ्यमन्त्रीहरुले मतदान गरेका थिए ।

निर्वाचनका क्रममा उनले बि्रटेनका डेविड नाबारो र पाकिस्तानकी सानिया निस्तारलाई पछि पारेका थिए ।

नवनिर्वाचित महानिर्देशक टेड्रोस जुलाई १ तारिखमा आफ्नो कार्यभार सम्हाल्नेछन् । उनले चीनकी डा. मार्गरेट चेनलाई प्रतिस्थापित गर्नेछन् । चेनले दुई कार्यकाल महानिर्देशकको पदमा रहेर काम गरेकी छन् ।

टेड्रोस यसअघि इथियोपियाका स्वास्थ्यमन्त्री र विदेशमन्त्री रहिसकेका छन् । सन् २००५ देखि सात वर्षसम्म स्वास्थ्यमन्त्री रहँदा उनले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरेका थिए ।

औलो रोग विशेषज्ञ समेत रहेका उनी औलो, क्षयरोग र एचआईभी एड्स विरुद्धको ग्लोबल फण्डका अध्यक्ष समेत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment