Comments Add Comment

यसरी विदा भए सिंहदरबारबाट प्रचण्ड, हेर्नुस् ७ तस्वीर

१० जेठ, काठमाडौं । करिब १० महिना सरकारको नेतृत्व गरेर प्रधानमन्त्री प्रचण्ड सिंहदरबारबाट विदा भएका छन् । उनले बुधबार राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री पद त्यागेको घोषणा गरे ।

एमालेको अवरोधका कारण संसदमा सम्बोधन गर्न नपाएपछि उनले सिंहदरवारबाट सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा आफूले गरेका कामको विवरण नै सार्बजनिक गरेका उनले प्रतिपक्षी दल एमालेले उठाएका केही प्रश्नहरुको पनि जवाफ दिएका थिए ।

कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए । उनले आफूले नेपाली राजनीतिमा रहेको नैतिकताको खडेरी तोड्ने संकल्पअनुसार पद त्यागेको बताए । सम्बोधन सकिएलगत्तै उनी हसिलो मुद्रामा सिंहदरवारबाट हात हल्लाउँदै बाहिरिए ।

माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसको समर्थनमा ०७३ साउन १९ गते दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । उनी ०६४ सालमा गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment