Comments Add Comment

क्यान्सरपीडित बुवाको उपचारमा सहयोग गरिदिन छोराको अपिल

भेषराज घिमिरे

१० जेठ, बारा । बाराको निजगढ नगरपालिका-७ योजनाटोलका क्यान्सरपीडित भेषराज घिमिरेलाई उपचारमा आर्थिक अभाव भएको उनका परिवारका सदस्यले बताएका छन् । दुई वर्षअघि पिसाब थैलीमा पलाएको ट्युमरले क्यान्सरको रुप लियो जसको उपचार गर्दागर्दै ५५ लाख रुपैंया रकम खर्च भइसकेको छोरा शंकर घिमिरेले बताए ।

२०७२ साल फागुन १० गते काभ्रेको धुलिखेल अस्पतालमा घिमिरेको पिशाबथैलीमा ट्यूमरको पहिलो शल्यक्रिया गरिएको थियो । तर, जति काट्दा पनि पलाइरहेपछि अहिलेसम्म ५ पटक शल्यक्रिया गरिसकिएको छोरा शंकरले बताए ।

‘डाक्टरहरुले नियमित उपचार गराइरहे निको हुन्छ भन्नु भएको छ तर खर्च जुटाउन समस्या भयो,’ उनले भने । शंकरका अनुसार एकपटक किमो दिँदा २५ हजार रुपैयाँ खर्च लाग्छ र १२ पटकसम्म किमो दिनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

क्यान्सर रोगको उपचारका लागि सरकारले दिने सहयोगका लागि प्रक्रिया अघि बढाइएको तर रकम हात नपरिसकेको उनले बताए ।

उनले बुवाको उपचारमा सहयोग गरिदिन इच्छुकहरुलाई आग्रह गरे । उपचारमा आर्थिक सहयोग गर्न चाहनेले प्रभु बैंकको निजगढ शाखाको खाता नम्बर ०१७०१७०००३९८११०००००१ मा रकम जम्मा गरिदिने सक्ने शंकरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment