Comments Add Comment

लसुन खानैपर्ने ५ कारण

हाम्रो भान्सामा अनिवार्य जस्तै प्रयोग हुनेगर्छ, लसुन । खानेकुराको स्वाद बढाउन होस् वा वास्नको लागि लसुन उपयोगी हुन्छ । यद्यपी लसुनको गुण यतिमा मात्र सीमित छैन । यो औषधीय गुणले भरिपूर्ण छ । त्यसैले लसुन स्वाद र वास्नासँगै स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ । लसुन किन सेवन गर्ने त ?

किनभने यसले रगत सफा गर्छ

कति कोसिस गर्दापनि तपाईको हातखुट्टा वा गर्दनमा मूसाको समस्या देखिएको छ ? वा छालाजन्य रोग लागेको छ ? हुनसक्छ तपाईको रगत सफा छैन । काँचो लसुनको दुई केस्रा मनतातो पानीसँग पिउनुपर्छ, रगत सफा हुन्छ । यसको प्रभाव तपाईको छालामा पनि देखिनेछ ।

किनभने यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ

लसुनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग गर्छ । लसुनको दुई केस्रा मह र अदुवासँग सेवन गर्नुपर्छ ।

किनभने यसले क्यान्सरको संभावना कम गर्छ

विभिन्न सोधबाट यो कुरा सिद्ध भएको छ कि, नियमित रुपले लसुन सेवन गर्दा ब्लड क्यान्सर, ब्रेस्ट र पेटको क्यान्सरको संभावना कम हुन्छ ।

किनभने यसले कोलोस्टरको स्तर घटाउँछ

लसुन आफ्नो एन्टिअक्सिडेन्ट गुणको कारण कोलेस्टोरको स्तर नियन्त्रित राख्न उपयोगी हुन्छ । के पनि पाइएको छ भने, नियमित रुपले लसुन सेवन गर्दा उच्च रक्तचाप र ब्लड सुगर पनि नियन्त्रण भएको छ ।

किनभने यसले इन्फेक्सन हुन दिंदैन

लसुनमा एन्टि ब्याक्टेरियल, एन्टी भाइरल र एन्टी फंगल गुण हुन्छ । त्यसैले यसको सेवनले सानोतिनो इन्फेक्सनको भय हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment