Comments Add Comment

कसरी बनाउने चिकेन अचार ?

अधिकाशको भान्सामा पाक्ने पाकवान हो, कुखुराको मासु । तरकारीको रुपमा होस् वा स्न्याक्सको रुपमा कुखुराको मासु उपयोगी हुन्छ । त्यसो यसलाई थरीथरीको परिकार बनाएर खान सकिन्छ । जस्तो कि, चिकेन अचार । कसरी बनाउने त यो ?

सामग्री 

–    आधा किलो चिकेन

–    २ चम्चा अदुवा र लसुनको पेस्ट

–    १ चम्चा रातो खुर्सानी

–    आधा ठूलो चम्चा बेसार

–    १ कप सरस्र्युको तेल

–    आधा चम्चा हिंग

–    १ कप प्याज, काटेको

–    आधा चम्चा सुकुमेल पाउडर

–    तीन वटा तेजपत्ता

–    तीन चौथाई कप जौंको रस

–    १ ठूलो चम्चा मेथी दाना

कसरी बनाउने ?

सबैभन्दा पहिला चिकेनलाई लसुन र अदुवाको पेस्ट, रातो खुर्सानी, बेसारमा मेरिनेट गरेर तीस मिनेट राख्ने । यसपछि एक प्यानमा तेल तताउने र त्यसमा चिकेन राखेर फ्राइ गर्ने ।

त्यही तेलमा प्याज र हिंग हालेर सुनौलो रंग हुनेगरी भुट्ने । त्यसमाथि मेथी दाना, तेज पत्ता, सुकुमेल, जौको रस हालेर उमाल्ने । अब यसमा फ्राइ इ गरेको चिकेन हाल्नुपर्छ र ४ मिनेट जति पाक्न दिनुपर्छ । अब आँच बन्द गरेर अचार सर्भ गर्न सकिन्छ । यसलाई केहि दिन भण्डारण गरेर समेत सेवन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment