Comments Add Comment

केयुभी-१००को फ्री सर्भिस क्याम्प

१० जेठ, काठमाडौं । महिन्द्रा गाडीको आधिकारीक विक्रेता अग्नि ग्रुपले केयुभी-१००को फ्री सर्भिस क्याम्पको गर्ने भएको छ । जेठ ११ र १२ गते काठमाडौंमा यो क्याम्प आयोजना हुन लागेको हो ।

नेपालका युवाहरुलाई लक्षित गरी महिन्द्रा केयुभी-१०० ‘लिभ योङ्ग, लिभ फ्री’ भन्ने नारासहित गतवर्ष नेपालमा भित्रिएको थियो ।

छोटो अवधिमा युवाहरुमाझ अत्याधिक लोकपि्रय केयुभी-१००मा ग्राहाकहरुको अटुट विश्वास र भरोसालाई निरन्तरता दिनका लागि अग्नि ग्रुपले पहिलो वाषिर्क उत्सवको क्याम्प आयोजना गरेको हो ।

यो क्याम्पमा केयुभी १०० गाडीलाई निशुल्क रुपमा जाँच तथा सर्भिसिङ गरिनेछ ।

साथै लुब्रिकेन्टमा र स्पेयर पार्टसमा १५ प्रतिशत छुट दिन लागिएको कम्पनीले गराएको छ भने यो सुविधा युनिक आईडल अटोमोविल बालकुमारी र गुड अटोमोविल धुमबाराहीमा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment