Comments Add Comment

बलिउड सेलिब्रेटीः उमेर बढ्दै जाँदा झन् जवान

कोही सर्जरी त कोही प्राकृतिक

प्रकृतिको नियम नै हो, जति उमेर ढल्कदै जान्छ, उत्तिनै हाम्रो रुपरंग फिका बन्दै जान्छ । तर अपवाद हुन् बलिउड स्टार, जो उमेर ढल्किएसँगै झन्-झन् जवान र सुन्दर देखिदैछन् । तपाई सलमान खानलाई हेर्नुहोस् वा श्रीदेवीलाई, माधुरी दीक्षितलाई नियाल्नुहोस् वा अक्षय कुमारलाई, यिनीहरु कहिल्यै बुढो हुँदैनन् । न छाला रुखो देखिन्छ, न फिका नै । कसरी ?

आफ्नो सौन्दर्यलाई कायम राख्नका लागि कतिले सर्जरीको साहारा लिएका छन् भने कतिले प्राकृतिक रुपमै आफुलाई जवान र सुन्दर राखेका छन् । श्रीदेवी, करिष्माले सर्जरीबाट आफ्नो सौन्दर्य फर्काएका हुन् भने अनिल कपुर, माधुरी दीक्षितको सुन्दरता प्राकृतिक देन हो ।

श्रीदेवी

श्रीदेवी दक्षिण भारतिय अभिनेत्री थिइन् र उनले बलिउडमा सफल करियर बनाइन् । यसका लागि उनले आफ्नो लुकमा पनि परिवर्तन ल्याएकी थिइन् । एक समय यो खबर चलेको थियो कि, उनले नाखको शल्याक्रिया गराएकी हुन् । यद्यपी श्रीदेवीले यस कुरालाई कहिल्यै स्विकार गरिनन् । अहिले भने उनको अनुहार निकै सफा र चम्किलो देखिएको छ ।

सलमान खान

सलमान खान उमेरले ५१ बर्ष पुगे । बीबी हो तो ऐसी शीर्षकको फिल्मबाट करियर थालेका उनी मैने प्यार कियाबाट एकाएक चर्चामा आए । दबंग ब्वाई सलमानको पोल्टामा दर्जनौं सुपरहिट फिल्म छन् । करियरको यो लामो दौडमा उनी अझै उस्तै छन्, उत्तिकै आकर्षक छन् । अझ, करियरको पूवर्द्धमा भन्दा बढी योङ र स्मार्ट देखिन्छन् उनी ।

माधुरी दीक्षित

५० बर्षिय माधुरीले सन् १९८४ मा अबोध नामक फिल्मबाट बलिउड डेब्यु गरेकी हुन् । यसका साथै उनले तेजाब, दिल तो पागल है, दिल, साजन जस्ता केहि हिट फिल्म दिएकी छिन् । उनलाई राम्ररी नियाल्ने हो भने, विगतमा जस्तै उनी अझै आकर्षक देखिन्छिन् ।

अक्षय कुमार

४९ बषिर्य अक्षयले आज नामको फिल्मबाट सिल्भर स्त्रिmनमा प्रवेश गरेका थिए । यद्यपी त्यसका उनेको रोल केवल ७ सेकेन्डको थियो । सौगन्धबाट भने उनी लिड रोलमा देखिए, जो फ्लप भयो । १९९२ मा प्रदर्शनमा आएको फिल्म खिलाडीले भने उनलाई बलिउडमा खिलाडी नै बनायो । त्यसपछि दर्जनौ हिट फिल्म दिएका उनी विगतको भन्दा बढी स्मार्ट देखिन्छन् ।

मलाइका अरोडा

हालै अरबाज खानसँग दाम्पत्य जीवन तोडेकी मलाईकाले मोडलिङबाट करियर सुरु गरेकी थिइन् । १९९८ मा सार्वजनिक भएको फिल्म दिल सेको छैया छैया गीतबाट उनी चर्चामा आइन् । त्यसपछि उनले थुप्रै आइटम नम्बर गरिन् । करियरको पूवार्द्धमा भन्दा मलाईका अहिले बोल्ड देखिन थालिएको छ ।

काजोल

काजोल ४२ बर्षकी भइन् । उनले बेखुदी नामक फिल्मबाट करियर थालेकी थिइन् । १९९३ मा प्रदर्शित फिल्म बाजिगरले उनको राम्रो चिनारी बनाइदियो । सुरुवाती दिनभन्दा पछिल्लो समयमा उनी थप स्मार्ट एवं बोल्ड देखिए ।

अनिल कपुर


६० बषिर्य अनिल कपुरले सुरुवाती दिनमा सानोतिनो रोलमा चित्त बुझाए । उनले केहि फिल्ममा साइड रोल गरे । वो सात दिन नामक फिल्मबाट भने मूख्य भूमिकामा देखा परे । थुप्रै सुपरहिट फिल्म दिएका अनिल अहिले पहिला भन्दा बढी स्मार्ट देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment