Comments Add Comment

४ शहरमा हुण्डाईको एक्सचेञ्ज मेला


१० जेठ, काठमाडौं। विराटनगर, बुटवल, धनगढी र नारायणगढस्थित हहुण्डाई शो-रुमहरूमा तीन दिन लामो एक्सचेञ्ज कार्यक्रम भएको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टकन्टिनेन्टल लेकार्यक्रम गरेको हो ।

गत जेठ ८ गते सोमबारदेखि जेठ १० गते बुधबार सम्म सञ्चालन गरिएको हो । एक्चेञ्ज कार्यक्रममा ग्राहकहरुको उत्सुकतापूर्ण सहभागिता रहेको थियो ।

ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न सो क्याम्प सञ्चालन गरिएको कम्पनीले जनाएकोछ ।

कार्यक्रम सँगै कम्पनीले आफ्ना ग्राहकसामु नगद छुट, स्पट एक्सचेञ्ज, भ्यालुएसन र एक्सचेञ्ज बोनस हरेक गाडिको बिक्री सँगै प्रदान गरेको थियो ।

कार्यक्रममा टेष्ट ड्रइभ एण्ड विन र मनोरञ्जनका कार्यक्रम आयोजना भएका थिए । कार्यक्रम अवधिमा प्रत्येक स्थानबाट टेष्ट ड्राइभ गरेकामध्ये लक्की ड्रबाट एक/एक भाग्यशाली ग्राहकलाई कुलप्याड कुल १ स्मार्टफोन प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment