Comments Add Comment

कसले राख्यो बौद्धनाथ छेकिने गरी डिजिटल बोर्ड ?


१० जेठ, काठमाडौं । काठमाडौंको धार्मिक, पुरतात्विक र ऐतिहासिक महत्वको क्षेत्र बौद्धनाथभित्रै नियम विपरित डिजिटल डिस्प्ले बोर्ड राखिएको पाइएको छ । बौद्धको ‘भ्यु’ मा नै असर पर्ने गरी राखिएका डिस्प्ले बोर्डबारे बुधबार सामाजिक सञ्जालमा ब्यापक आलोचना पनि भएको छ ।

बुद्ध जयन्तीका दिन बौद्ध गुरुको प्रवचन सुनाउन अनुमति दिएर राखिएको बोर्ड अहिलेसम्म पनि नहटाइएको हो ।  बौद्ध ध्यान गुठीले बौद्धनाथ क्षेत्र विकास समिति र पुरतत्व विभागसँग अनुमति लिएर एक दिनका लागि सो बोर्ड राखेको थियो ।

तर, अझै पनि बोर्ड हटाउन गुठीले आनाकानी गरिरहेको पुरातत्व विभाग स्रोतले जानकारी दिएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिलाई पत्र नै काटेर त्यसरी राखिएको बोर्ड तुरुन्त हटाउन पत्राचार गरिएको पुरातत्व विभागका महानिर्देश्क भेषनारायण दाहालले बताए ।

‘एक दिनका लागि गुरुको प्रवचन सुन्न बोर्ड राख्न दिएका थियौं । त्यो हटाउन अटेरी भएको सुनेपछि हामीले पत्र नै लेखेर तत्काल हटाउन भनेका छौं’ दाहालले भने ।

उनले पुरातात्विक क्षत्रेमा त्यस्ता बोर्ड राख्न नपाइने भएकाले समितिले हटाउन नसके विभाग आफैंले त्यसलाई जफत गर्ने बताए ।

तस्वीरः अनिलकेशरी शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment