Comments Add Comment

यी हुन् प्रचण्ड सरकारका महत्त्वपूर्ण काम

११ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा केही लोकप्रिय काम गरेका छन् । प्रधानमन्त्री प्रचण्डले स्थानीय तह निर्वाचनदेखि अनेक लोकप्रिय काम गरेको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

स्थानीय तह निर्वाचन

प्रचण्डकै नेतृत्वमा ३१ वैशाखमा स्थानीय तहको पहिलो चरणको निर्वाचन भयो । उनी प्रधानमन्त्री बन्दा निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । २० वर्षसम्म हुन नसकेको निर्वाचनमा मधेसी मोर्चाको एउटा घटक संघीय समाजवादी फोरम पनि सहभागी बन्यो ।

फास्ट ट्याक नेपाली सेनालाई

प्रचण्ड सरकारले बहुचर्चित काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्याक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गर्यो । यही साता सेनाले द्रुतमार्ग निर्माण सुरु गर्दैछ भने प्रधानमन्त्री प्रचण्ड आफैंले शिलान्यास गर्दैछन् । केपी ओली नेतृत्वको अघिल्लो सरकारले फास्ट ट्याक नेपाल आफैंले निर्माण गर्ने निर्णय गर्दै १० अर्बको बजेट विनियोजन गरेको थियो ।

लोडसेडिङमुक्त देश, उज्यालो नेपाल कार्यक्रम

सरकारले उज्यालो नेपाल अभियानअन्तर्गत देशलाई लोडसेडिङमुक्त बनायो । यसबीचमा भारतबाट बिजुली उल्लेख्य आयात भयो । नेपाल सरकारले नेपाल विद्युत्त प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका कुलमान घिसिङको प्रशासकीय र प्राविधिक क्षमताका कारण देश लोडसेडिङमुक्त भयो ।

यसका अलावा नेपालमा यस वर्ष लगानी सम्मेलन भएको छ र इतिहासमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता भएको छ । प्रचण्ड सरकारको अर्को महत्त्वपूर्ण काम वान बेल्ट वान रोड (ओबीआर) मा हस्ताक्षर हो । चीनसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न सरकारले प्रतिवद्धता जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment