Comments Add Comment

उपत्यकामा एमाले सुदृढ, माओवादीको स्थिति निकै नाजुक

११ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका २१ मध्ये १९ स्थानीय तहको मतपरिणाम आइसकेको छ । घोषणा भएका मतपरिणामअनुसार एमालेले सबैभन्दा धेरै स्थानीय तह जितेर अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार उपत्यकामा एमालेले १० स्थानीय तहमा प्रमुख पद जितेको छ ।

प्रतिशतका आधारमा यो संख्या ५२.६ हो । उसले ११ स्थानमा उपप्रमुख जितेको छ, जुन घोषणा भएका तहमध्ये ५७.८९ प्रतिशतले अघि हो । अर्थात् एमालेले उपत्यकाभित्र प्रमुखमा ५२.६ र उपप्रमुखमा ५७.८९ प्रतिशत वर्चश्व कायम गर्न सफल भएको छ ।

एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलका अनुसार उपत्यकामा अहिले प्राप्त मत ०५४ को स्थानीय निकाय निर्वाचनको भन्दा राम्रो हो । राष्ट्रिय स्वाभिमान र समृद्धिको पक्षमा लिएको दृढताका कारण एमाले जबर्जस्त अघि आएको उनको तर्क छ ।

कांग्रेसले घोषणा भएका तहमध्ये ६ स्थानमा मात्रै प्रमुख जितेको छ । उपप्रमुख भने पाँच स्थानमा जितेको छ । अर्थात् कांग्रेसले घोषणा भएकामध्ये ३३.३ प्रतिशत तहमा प्रमुख जितेको छ । उपप्रमुख भने २७.७ प्रतिशत मात्रै जित्न सफल भएको छ ।

काठमाडौं उपत्यकामा वर्चश्व कायम गर्ने मामिलामा सत्ताको नेतृत्व गरेको दल माओवादी केन्द्र निकै पछि परेको छ । माओवादी केन्द्रले एक स्थानीय तहमा मात्रै प्रमुख र उपप्रमुख जित्न सकेको छ । अर्थात् माओवादीले उपत्यकामा ५.५ प्रतिशत स्थानमा मात्रै आफ्नो वर्चश्व कायम गर्न सकेको छ ।

माओवादी केन्द्रका अनुसार चुनावप्रतिको अन्योलता र एकांकी नेतृत्वका कारण परिणाम नाकारात्मक आएको नेताहरूको भनाइ छ ।माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले उपयुक्त उम्मेदवार चयन गर्न नसक्नु र सरकारको काम जनतामा लग्न नसकिएकाले काठमाडौं उपत्यकामा पार्टीले चुनाव हार्न पुगेको बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment