Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेज: बाहिरिए प्रचण्ड, नयाँ प्रधानमन्त्रीको खोजी सुरु

११ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएको विषयलाई आजका पत्रपत्रिकाहरुले मुख्य खबर बनाएर छापेका छन् । पत्रपत्रिकाहरुले नयाँ प्रधानमन्त्रीको खोजी सुरु भएको जनाउँदै अबको प्रक्रियाबारे सामग्री पस्केका छन् । यसका अलावा निर्वाचनसँग सम्बन्धित सामग्रीलाई पनि पत्रपत्रिकाहरुले छापेका छन् ।

गोरखापत्र दैनिकले प्रधानमन्त्रीले राजीनामा दिएको विषयलाई मुख्य खबर बनाएर छापेको छ । गोरखापत्रमै नीति कार्यक्रम आज सार्वजनिक हुनेदेखि जेठ ३१ मा निर्वाचन गराउन निर्वाचन आयोग तयार रहेकोसम्मका खबर छन् ।

नागरिक दैनिक र राजधानी दैनिकले पनि प्रधानमन्त्रीले राजीनामा दिएको विषयलाई मुख्य खबर बनाएर छापेका छन् ।
कान्तिपुर दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीत्वकालको विवेचना गरेको छ ।

‘प्रधानमन्त्रीको सम्मानजनक बहिर्गमन’ शीर्षकमा मुख्य खबर लेखेको नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री प्रचण्डका लोकप्रिय कामदेखि नयाँ सरकार गठनका प्रक्रियालगायतका विविध सामग्री पस्केको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment