Comments Add Comment

आर्थिक समाचार: आस जगाउदै सरकारी सिमेन्ट

११ जेठ, काठमाडौं । आज काठमाडौंवाट प्रकाशित दैनिक पत्रिकाको आर्थिक पृष्ठमा आस जगाउदै सरकारी सिमेन्ट भन्ने समाचारले मुख्य स्थान पाएको छ । नागरिक दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, कारोबार र गोरखापत्र दैनिकले आस जगाउदै सरकारी सिमेन्टलाई मुख्य समाचार बनाएको छ ।

पछिल्ला दिनमा सरकारवाट सञ्चालित केही उद्योगले नयाँ आशा जगाएका छन् भन्दै नागरिक दैनिकले लेखेको छ । जीवनजल उत्पादनवाट पुन: सञ्चालनमा आएको नेपाल औषधि लिमिटेडपछि उदयपुर र हेटौंडा सिमेन्टले प्रगतिपथमा लम्कने संकेत देखाएका छन् ।

त्यस्तै अन्नपूर्ण पोष्टले सरकारी सिमेन्ट ब्रेक थु्र शीर्षकमा लोडसेडिङ कम भएपछि उदयपुर र हेटौडा सिमेन्टले आपुर्ति बढाएको उल्लेख गरेको छ । भूकम्प पीडिलाई तीन लाख निब्र्याजी ऋण लेखेको अन्नपूर्णले कृषि बिमाबारे अनभिज्ञलाई उल्लेख गरेको छ ।

वैदेशिक रोजगारीमा जानेको आम्दानी नजानेको तुलनामा पाँच गुणा बढीलाई नागरिकले लेखेको छ । आयल निगमको बोनस पूर्वाधारमा लगाउलाई पनि नागरिकले लेखेको छ ।

सेयर बजारमा निर्वाचनको असर न्युनलाई कारोबारले लेखेको छ । त्यस्तै गोरखापत्रले घाटामा हरियोपत्तीको व्यापारलाई लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment