Comments Add Comment

पोखराको २६, २८ र २९ वडामा एमाले प्यानल विजयी

११ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६ र २९ मा एमाले प्यानल विजयी भएको छ । वडा नम्बर २६ मा नारायणप्रसाद बरालसहित एमाले प्यानल बिजयी भएको हो ।

वडाध्यक्षमा विजयी बरालले २ हजार १ सय ३० मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुरारी शर्माले १ हजार ५ सय ८६ मत प्राप्त गरे ।

महिला सदस्यमा मुरली थापा, दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा तथा खुला सदस्यमा खड्कबहादुर रानाभाट र रामकृष्ण जिसी विजयी भए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ मा पनि एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा निर्मल सुनारसहित एमाले प्यानल बिजयी भएको हो ।

बिजयी सुनारले १ हजार ५ सय २५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विकाश लामा गुरुङले १ हजार ४ सय ४८ मत प्राप्त गरे ।

महिला सदस्यमा अम्विका बुढाथोकी र दलित महिला सदस्यमा कल्पना परियार तथा खुल्ला सदस्यमा एमालेकै बिष्णुप्रसाद तिवारी र बैन बहादुर क्षेत्री बिजयी भए ।

वडा नम्बर २९ मा पनि एमाले प्यानल विजयी भएको छ । वडा नम्बर २९ को वडाध्यक्षमा चेतबहादुर गुरुङसहित एमाले प्यानल विजयी भएको हो । वडाध्यक्षमा विजयी गुरुङले १ हजार ४ सय ९८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकमणि भण्डारीले १ हजार २ सय २३ मत प्राप्त गरे ।

महिला सदस्यमा निर्मला पौडेल, दलित महिला सदस्यमा मनकुमारी सुनार तथा खुल्ला सदस्यमा थलबहादुर पाण्डे थापा र हेमबहादुर बानिया विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment