Comments Add Comment

कैलाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी

चुडामणी भट्ट

११ जेठ, कैलाली । सात नम्बर प्रदेशको एकमात्रै ठूलो क्याम्पस कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ३ जना सदस्य बाहेक पुरै प्यानलमा अनेरास्ववियु विजयी भएको छ ।

अनेरास्ववियुका चुडामणी भट्ट ६ सय ७३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका गुरुदेव केसी सुमनले ४ सय ९५ मत पाएका थिए ।

त्यस्तै सचिवमा अनेरास्ववियुका कृष्ण रोकायाले ५ सय २७ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी विश्वप्रताप चौधरीले ४ सय ९ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुकी कल्पना पालले ४ सय ८२ मत प्राप्त गर्दा नेविसंघकी कृष्मा रावलले ४ सय ६५ मत प्राप्त गरेकी छन् ।

गत मंगलबार सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम विभिन्न समस्याबीच बुधबार सार्वजनिक गरेको हो ।

यसअघि मतगणना हुँदै गर्दा मतपत्र च्यातिएपछि केहिबेर मतगणना स्थगित भएको थियो । मतपत्र च्यातेको भन्दै प्रहरीले प्रकाउ गरेका नेपाल विद्यार्थी संघबाट स्ववियु सभापतिका उम्मेद्ववार गुरुदेव केसी, नेविसंघ क्षेत्र नम्बर ६ का अध्यक्ष गजेन्द्र विक्रम सिंह, नेविसंघका जिल्ला अध्यक्ष भेषबहादुर बम, दिलिप केसी, तिलक बटाला र दिपेन्द्र सिंहलाई प्रहरीले बुधबार राती नै छोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment