Comments Add Comment

राष्ट्रपतिले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

११ जेठ, काठमाडौं । सरकारले आफ्ना नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गर्ने भएको छ । बजेटपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्पराअनुसार सरकारले  नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

व्यवस्थापिका संसद्को बिहीबार दिउँसो ४ बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्था छ ।

सरकारले यसपटक नयाँ कार्यक्रम नल्याएर पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिन लागेको छ । एमालेलगायत प्रतिपक्ष दल र निर्वाचन आयोगले नयाँ नीति तथा कार्यक्रम नल्याउन सुझाव दिएपछि सरकारले पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।

सरकारले पुरानै नीति तथा कार्यक्रम ल्याउन लागेपछि स्थानीय तह थपको विरोधमा संसद् अवरुद्ध गर्दै आइरहेको एमालेले कुनै प्रतिक्रिया जनाएको छैन।

पुरानै कार्यक्रमलाई निरन्तरता दिइए पनि संघीय संरचनामा ढालेर पहिलोपटक  नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सरकारी तयारी छ ।  नीति तथा कार्यक्रममा संघीय संरचनाअनुसार केन्द्र, प्रदेश र स्थानीय तहका योजना र प्राथमिकता तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment