Comments Add Comment

थानकोटका मट्टीतेल ट्यांकीमा पेट्रोल भर्न अन्तिम तयारी

काठमाडौंको १० दिनको माग धान्ने

प्रतिकात्मक तस्वीर

११ जेठ, काठमाडौं । नेपाल आयल निगमले काठमाडौंको थानकोट डिपोको स्तरीकरण अन्तिम चरण्मा पुर्‍याएको छ । थानकोट डिपोमा पेट्रोल भण्डारण क्षमता विस्तारका लागि भइरहेको काम अन्तिम चरण्मा पुगेको हो ।

यसअघिको मट्टीतेल ट्यांकीलाई पेट्रोल भर्न मिल्ने गरी स्तरोन्नति गर्नेकाम अब सकिनै लागेको निगमका प्रवक्ता सीतराम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए । मट्टीतेलको माग ज्यादै न्यून भएपछि उपयोगबिहीन भएर बसेका ट्यांकलाई पेट्रोल भण्डारका रुपमा परिवर्तन गर्ने काम धमाधम भइरहेको छ ।

परीक्षणमा ट्यांक

‘अहिले भण्डारणका लागि पि्र-टेस्टिङ हुँदैछ । पानी राखेर त्यसको परीक्षण गर्दैछौं’ प्रवक्ता पोखरेलले भो,’प्राविधिक रुपमा सफल परीक्षण गरेपछि हामी यसमान पनि तेल भर्न सक्छौं ।’
झण्डै ४२ सय किलोलिटर पेट्रोल भण्डारण गर्न मिल्ने गरी ट्यांकी स्तरउन्नती गर्न भारतको ट्यांकटेक कम्पनीलाई जिम्मा पाएको छ ।

डेढ करोड रुपैयाँ भन्दा बढीको लागतमा ट्यांकटेकले भण्डारण विस्तारको काम गर्दैछ ।  डिपोको स्तरउन्नतीको काम सुरु गर्न ट्यांकटेकले भारतबाट प्राविधिक सामग्री ल्याएको थियो ।

अब केही हप्ताभित्रै थानकोट डिपोमा कुल ६ हजार किलोलिटर पेट्रोलको भण्डारण सुरु हुने निगमको दावी छ । अहिले निगमसँग १८ सय किलोलिटर मात्रै पेट्रोल भण्डारण गर्ने क्षमता छ । तर, त्यसमध्ये पनि ७ लाख लिटर क्षमताको ट्यांकी बिगि्रएपछि ११ सय किलोलिटर मात्रै पेट्रोल भण्डारण भइरहेको छ ।

‘मट्टीतेलका पुराना दुईवटा ट्यांकीलाई अब पेट्रोल राख्न मिल्ने गरी तयार हुँदैछ’ पोखरेलले भने, ‘योसँगै बिगि्रएको एउटा ट्यांकीको पनि मर्मत भएर ६ हजार लिटर पेट्रोल भण्डारण गर्न मिल्ने क्षमतासहित डिपोको विस्तार हुनेछ ।’

१० दिनको माग धान्ने

अहिले काठमाडौंमा दैनिक ५ लाख लिटरभन्दा बढी पेट्रोलको माग छ । यसअनुसार निगमले भण्डारण क्षमता बढाएपछि कम्तिमा १० दिनलाई भण्डारणले माग थेग्न सक्नेछ । निगमका अधिकारी भने एक महिनालाई पुग्ने गरी थानकोटमा भण्डारण क्षमता विस्तार गर्न लागिएको दावी गर्छन् ।

तर,काठमाडौंमा पेट्रोलको भण्डारण क्षमता निकै कमजोर छ । कुनैकारण दुई दिन तेल काडठमाडौं नआए हाहाकार सुरु भइहाल्ने गरेको छ । निगमले ९० दिनलाई पुग्ने गरी तेल भण्डारण गर्ने भनेपनि त्यसअनुरुप पूर्वाधार निर्माण्को काम भने सुरु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment