Comments Add Comment

बन्दिपुरबाट सुरु भयो रेखा र आर्यनको ‘रुद्रप्रिया’को छायांकन


नायिका रेखा थापा र नायक आर्यन सिग्देलले करिब ८ बर्षपछि एकसाथ काम गर्न लागेको चलचित्र ‘रुद्रप्रिया’को शुभसाइत गरिएको छ । शुभसाइत गरेसँगै चलचित्रको छायांकन बिहिबारबाट बन्दीपुरमा सुरु भएको छ ।

बन्दीपुरमा रहेको खड्गादेवी मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको हो । नायिका तथा निर्मात्री रेखा थापाले भनिन्-‘२ साता हामी बन्दिपुरमा छायांकन गर्छौ । त्यसपछि पोखरा, काठमाण्डौ र जिरीमा चलचित्रको छायांकन हुनेछ ।’ ४० दिनमा चलचित्रको छायांकन सक्ने योजना यसको निर्माणपक्षले लिएको छ ।

सुदिप भूपाल सिंह ‘बबी’को निर्देशनमा बन्न लागेको यो चलचित्रमा संजय लामाको छायांकन, सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । रेखा फिल्मस्को प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा रमेश एमके पौडेलले लगानीमा सहकार्य गरेका छन् । ८ बर्षपछि बोलचाल गरेर रेखा र आर्यन एकसाथ चलचित्रमा देखिन लागेकाले पनि यो चलचित्रको चर्चा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment