Comments Add Comment

अमेरिकामा युवा व्यबसायी ढकाल महाबाणिज्य दुतमा नियुक्त

२५ मे, अमेरिका । अमेरिकाका सफल युवा व्यवसायी ऋषि ढकाललाई सरकारले ४ वर्षका लागि महावाणिज्य दूत नियुक्त गरेको छ ।

क्यालिफोर्निया राज्यमा लामो समयदेखि बसोबास गर्दै आएका ढकाल यसअघि सानडियोगो क्षेत्रको लागि बाणिज्य दुत थिए ।

मन्त्रिरिषद्ले महावाणिज्य दुतमा नियुक्त गरेपछि ढकालले आफूले यस अघि पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्बाह गर्दै प्रवासी अमेरिकन नेपाली समाजलाई पुर्‍याएको योगदानको सरकारले कदर गरेको बताए ।

क्यालिफोर्नियाको लसएन्जलसमा परिवारसहित बसोबास गरिरहेका ढकाल छोटो समयमा अमेरिकन नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल ब्यक्ति हुन् ।

गार्मेन्ट सहित बिभिन्न नेपाली सामग्रीहरु अमेरिकन बजारमा निकासी गरेर नेपालको निर्यात ब्यापारलाई ठुलो सहयोग गरेका ढकाल बिभिन्न संघसंस्थामा पनि उत्तिनै सहभागी र सहयोगीको रुपमा क्रियाशील छन् ।

लसएन्जलसमा रहेको श्री पशुपतीनाथ फाउण्डेसनको उपाध्यक्ष, एनआरएन अमेरिकाको सल्लाहाकार लगायत दर्जनौ संस्थाहरुमा आबद्ध रहेर नेपाली समाजमा उल्लेखनीय योगदान गरेका ढकाल व्यक्तिगत रुपमा सरल मानिन्छन् ।

बाणिज्य दुतको रुप रहँदा उनले लसएन्जलसमा रहेका थुप्रै सिटी काउन्सिलहरुसँग नेपालीहरुको सम्बन्ध बिस्तार गर्न, नेपालको पर्यटनलाई टेवा दिन एवम अमेरिकामा नेपाली बस्तुहरुको भन्सार छुटको लागि लबिङ गरेका थिए ।

नेपाल सरकारले महाबाणिज्य दुतको जिम्मेवारी दिएकामा आफूुलाई अत्यन्त खुशी लागेको र आफ्नो कामको मुल्याकन गरिएकोमा गौरावान्तित महसुस गरेको बताउदै ढकालले नयाँ जिम्मेवारीलाई अझ उत्साहजनक र चुनौतीको रुपमा लिदै अमेरिकन नेपाली समाजलाई बलियो बनाउन निरन्तर लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment