Comments Add Comment

भोजपुरी फिल्मकी यी नायिका, जसको हट अवतारले नै फिल्म चल्छ

कतिपय कलाकार यस्ता पनि हुन्छन्, जसले अभिनय कमजोर भए पनि दर्शकले हेरिदिन्छन् । भारतको भोजपुरी फिल्म उद्योगमा एउटी हट नायिका छिन्, जसको हट अवतारकै कारण जस्तो चलचित्र पनि दर्शकले हेरिदिन्छन् ।

‘मे बनुंगा मिस इण्डिया’बाट आफ्नो करिअर सुरु गरेकी नायिका पाखी हेगडे भोजपुरी र मराठी चलचित्र उद्योगमा प्रसिद्ध कलाकार हुन् । उनी भोजपुरी चलचित्रमा श्रीदेवीको नामवाट चिनिन्छिन् । भारतीय समाचार संस्थाका अनुसार उनको रुप हेरेरै निर्माता/निर्देशक निर्धक्क उनलाई चलचित्रमा लिन्छन् ।

पाखीले मनोज तिवारीको चलचित्र ‘भइया हमार दयावान’वाट भोजपुरी उद्योगमा काम सुरु गरेकी थिइन् । पहिलो चलचित्र नै हिट भएपछि पाखीले पछाडी फर्केर हेर्नुपरेन । भोजपुरी सुपरस्टार निरहुआसँग पाखीले ‘निरहुआ रिक्सावाला, जिगरवाला राजाबाबु’ जस्ता केही सुपरहिट चलचित्रमा काम गरेकी छिन् । पाखीले अमिताभ बच्चनसँग पनि चलचित्र ‘गंगा’मा काम गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment