Comments Add Comment

यस्तो पुस्तकालय, जहाँ किताब होइन मानिसलाई पढिन्छ

सुजाताले आजै एउटा किताब पढिन् । यस्तो किताब, जसले पाठकसँग कुरा गर्नसक्दछ र जो सँग पाठकले आफ्ना इमोशन शेयर गर्न सक्दछ ।

उक्त किताबको नाम हो, ह्युम बुक अर्थात् मानव पुस्तक र तपाइँ पनि यो पुस्तक पढ्न सक्नुहुन्छ । अनि आफ्नो जिवनका तमाम अनुभव र रहस्यहरु ऊसँग शेयर गर्न सक्नुहुन्छ ।

मानव पुस्तकालय तयार गर्ने एक वृहत अवधारणाबाट मानव पुस्तकको अवधारणा आएको हो । ह्युमन लाइब्रेरी मूल रुपमा एक कार्य्रक्रम हो जसमा पाठकका रुपमा आएका मानिसहरुले आफ्नो मनपर्ने किताब (मानव पुस्तक) छनोट गर्दछन् र सोही मानव पुस्तक पढ्दछन् ।

मानव पुस्तकसँग बोलेर पढ्नका लागि पाठकलाई ३० मिनेटको समय दिइन्छ ।

मानव पुस्तकको छनोट चाहीँ पाठकको कुनै खास क्षेत्रको अनुभवको आधारमा गरिन्छ ।
सहरी जिवनमा जहाँ मानिसहरु जुनसुकै समय अन्जान त्रासबाट घेरिएका हुन्छ, यस्तो परिस्थितिमा मानिसहरु आफ्ना अन्तरंग भावनाहरु मानव पुस्तकरुपी एक अपरिचित मानिससँग शेयर गर्दछन् ।

यो अवधारणामा अपरिचित मानिसहरु सहभागी हुनु नै यसको खास विशेषता हो ।

आमसञ्चारका विद्यार्थी हर्षद फादका अनुसार मानव पुस्तकको यो अवधारणा डेनमार्ककको कोपनहेगनबाट भारतको इन्दौर हुँदै हैदराबाद पुगेको हो ।

हर्षद भन्छन्ः humanlibrary.org नामक डेनिस फेस्टिवलका माध्यमबाट यो आइडियालाई पहिलोपटक भारत प्रवेश गराइएको थियो । यसको सुरुवात हिंसा रोक्ने, आपसी संवाद बढाउने तथा फेस्टिबलमा आएका मानिसहरुबीचमा सकारात्मक सम्बन्ध कायम गर्ने उद्धेश्यका साथ गरिएको थियो । भारतमा पहिलो मानव पुस्तकालय कार्यक्रमको आयोजना सन् २०१६ मा इन्दोरमा भएको थियो ।

हर्षदले यो अवधारणालाई हैदरावाद पुराए । हर्षद र उनका साथीहरु मिलेर हैदरावदमा मानव पुस्तकालय कार्यक्रमको दुईपटक आयोजना गरिसके ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment