Comments Add Comment

कपाल काट्नका लागि विश्वको कुन सहर महंगो, कुन सस्तो ?


विश्वमा कपाल काट्नका लागि सबैभन्दा महंगो सहर कुन होला ? एक तथ्यांक अनुसार स्विजरल्याण्डको ज्यूरिच सहर कपाल कटाउनका लागि सबैभन्दा महंगो सहर हो ।

ड्यूच बैंकले आफ्ना विभिन्न देशका ग्राहकहरुबाट विश्वका विभिन्न सहरमा विभिन्न वस्तुत तथा सेवाको मूल्य सम्बन्धी तथ्य संकलन गर्यो । त्यस क्रममा उसले विभिन्न सहरमा स्टाण्डर्ड सैलुनमा गएर पुरुषको कपाल काट्नका लागि औषत मूल्य कति तिर्नुपर्छ भन्ने तथ्यांक पनि संकलन गरेको छ ।

उक्त तथ्यांक अनुसार कपाल काट्नका लागि जुरिच सबैभन्दा महंगो सहर हो । जहाँ पुरुषले कपाल काट्नका लागि औषतमा ६२ अमेरिकी डलर तिर्नुपर्दछ ।

दोश्रो स्थानमा नर्वेको ओस्लो छ । जहाँ कपाल काटेको औक्षत ४८.१० डलर तिर्नुपर्दछ । त्यस्तै कपाल काट्नका लागि तेश्रो महंगो सहर डेनमार्कको कोपनहेगनमा ४५.१० डलर तिर्नुपर्दछ ।

उता कपाल काट्नका लागि सबैभन्दा सस्तो सहर चाहीँ भारतका रहेका छन् । कपाल काट्नका लागि सबैभन्दा सस्तो सहर भारतको नयाँ दिल्ली हो । जहाँ कपाल काट्न औषतमा ३.१० डलर तिर्नु पर्दछ । त्यस्तै मुम्बइ र बैंगलोरमा ४.५ डलर तिर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment