Comments Add Comment

स्मार्टफोनको ब्याट्री सिध्याउने यी हुन् १० एप्स

सेक्योरिटी कम्पनी एभिजीका अनुसार गुगल प्ले स्टोरमा यस्ता १० एप छन् जसले एन्ड्रोइड स्मार्टफोनमा डाउनलोड भएसँगै ब्याट्री चार्ज स्वात्तै पार्दछन् ।

यदि ब्याट्रीको खपत कम होस् र आयु बढोस् भन्ने चाहनुहुन्छ भने कम प्रयोग हुने खालका भएमा तपाइँको स्मार्टफोनमा यस्ता एप डाउनलोड नगर्ने र गरिएको भएप्नि हटाउने गर्नुनै बुद्धिमानी होला । ए भी जी का अनुसार स्मार्टफोनको ब्याट्री सिध्याउने १० एप यी हुन्ः

१. Candy Crush Saga: AVG का अनुसार गेमिङ एप Candy Crush Saga सबैभन्दा धेरै ब्याट्री खपत गर्ने एप हो । यसले धेरै ब्याट्री सक्ने मात्र होइन स्टोरेज स्पेस पनि अधिक लिन्छ र डाटा पनि धेरै रित्याउँछ ।

२. Pet Rescue Saga : अर्को लोकप्रिय गेम एप एभत Pet Rescue Saga पनि ब्याट्रीको सत्रु नै हो भन्दा फरक नपर्ला । एभीजीका अनुसार यसले ब्याट्री, स्टोरेज र डाटा सबैको उच्च खपत गर्दछ ।

३. Clash of Clans स् यो सूचिमा तेश्रो स्थानमा रहेको एप हो Clash या Clans । यो गेमिङ एपले पनि तिब्र गतिमा ब्याट्री खपत गर्दछ ।

४. Google Play Service : यद्यपि यो स्मार्टफोनमा अनिवार्य छ । तर धेरै ब्याट्री खपत गर्ने मामिलामा यो चौथो नम्बरमा रहेको छ । यसरी स्मार्टफोनको ब्याट्री, स्टोरेज स्पेस तथा डाटा खपत पनि उच्च रुपमा गरेको हुन्छ ।

५. OLX : धेरै ब्याट्री खपत गर्ने एपको पाचौँ नम्बरमा भारतीय क्लासिफाइड एप OLX पनि सामेल छ ।

६. Facebook :  विश्वको सबैभन्दा लोकपि्रय सोसल नेटवर्किङ एप फेसबुक धेरै ब्याट्री खपत गर्ने एपको छैटौ नम्बरमा रहेको छ ।

७. WhatsApp : मेसेजिङ एप ह्वाट्सएपले पनि निकै तिब्र गतिमा स्मार्टफोनको ब्याट्री खपत गर्दछ ।

८. Lookout Secirity and Antivirus :  आठौँ नम्बरमा रहेको छ मोबाइल सेक्योरिटी एप Lookout Secirity and Antivirus यो एपले स्मार्टफोनलाई भाइरस, मालवेयर तथा ह्याकिङबाट बचाउने दाबी गर्दछ ।

९. Android Weather and Clock Widget : एभीजीका अनुसार एन्ड्रोइड स्मार्टफोनमा हुने Weather and Clock Widget ले पनि ब्याट्रीको उच्च खपत गर्दछ ।

१०. Solitaire: मोबाइलमा तास खेल्नुहुन्छ ? यदि तास खेल्ने एप Solitaire डाउनलोड गर्नुभएको छ भनेपनि तपाइँको स्मार्टफोनको ब्याट्री छिटो सकिनेछ । यो एप सबैभन्दा धेरै ब्याट्री खपत गर्ने दशौँ एप हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment