Comments Add Comment

देउवा सरकारमा सहभागी नहुने राजपा नेपालको निर्णय

११ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले अब बन्ने नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ ।

बिहीबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा जाने सोच समेत बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री प्रचण्डले बुधबार राजीनामा दिइसकेका छन् र अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गनर्ेे तयारी छ ।

राष्ट्रिय जनता पार्टीले मधेसको मागलाई सम्बोधन गर्न आन्दोलनलाई जोड दिएर अघि बढने निर्णय समेत गरेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा पनि आन्तरिक छलफल भइरहेको नेता अनिल झाले जानकारी दिए ।

राजकिशोर यादव लगायतका केही नेताहरुले निर्वाचनमा जाने अवस्था अझै नरहेको दाबी गदर्ैै आएका छन । महन्थ ठाकुर लगायतका नेताहरुले भने कतिपय माग सम्बोधन भएकाले निर्वाचनमा जान सकिने धारणा राख्दै आएका छन् ।

एक-दुई दिन भित्र निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा ठोस धारणा तय गर्ने राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment