Comments Add Comment

सगरमाथा फाइनान्सको ताप्लेजुङमा शाखा

११ जेठ, काठमाडौं । सगरमाथा फाइनान्स लिमिटेडले ताप्लेजुङ सदरमुकाममा आफ्नो ११ औ शाखा संचालनमा ल्याएको छ ।

शाखाको विहिबार एक कार्यक्रमकाबीच सञ्चालक माओ यालुङ् राई र पुर्व राजदुत तथा संस्थाका संस्थापक डाक्टर नोवल किसोर राईले औपचारिक रुपमा रिबन काटेर उद्धघाटन गरेका हुन् । सो शाखाले विहीबारबाटै आफ्नो सेवा समेत सुरु गरेको शाखा प्रबन्धक हिमाल राईले जानकारी दिए ।

ललितपुर जिल्लाको मानभवनमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले यस अघि ललितपुर जिल्लाको गाः वहाल, झापाको बिर्तामोड र दमक, सुनसरीको धरान र इटहरी, मोरङको बिराटनगर, सोलुखुम्बुको सल्लेरी, ओखालढुंगा सदरमुकाम, भोजपुर सदरमुकाम र खोटाङ्को दिक्तेलमा शाखा संचालनमा ल्याइसकेको छ ।

यसै गरी शुक्रबार पाँचथरको फिदिम र आईतबारबाट ईलाममा पनि शाखा सञ्चालन गर्ने तयारी गरेको छ ।

निक्षेप करिब २ अर्ब ९० करोड र कर्जा २ अर्ब २० करोड रहेको यस संस्थाले स्थानीय स्तरमा विभिन्न आकर्षक निक्षेप योजना अन्तरगत निक्षेप संकलन गर्नुका साथै विभिन्न उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment