Comments Add Comment

चलचित्र क्षेत्रमा लाग्ने यूवतीलाई ‘गलत’ सोचिन्छः सामिया

'रारामा खुलेको पहिरन लगाउँदा पनि जाडो भएनँ'


जेठ १२ गते अर्थात भोली शुक्रबारबाट रिलिज हुने चलचित्र ‘हिटलर’लाई लिएर नायिका सामिया बर्तौला निकै उत्साहित छिन् । उनलाई सानैदेखि उनकी आमाले ‘हिरोइन’ बन्छेस् भन्ने गर्नुहुन्थ्यो । त्यही कुराले नै उनलाई यो क्षेत्रमा तानेको थियो ।

सामिया अहिले मिडियामा दौडदा, आफ्नो तस्बिर आउँदा छोटो समयमा नै यती चर्चा पाइन्छ जस्तो नलागेको सुनाउँछिन् । उनले अनलाइनखबरसँग भनिन्-‘मैले यति चाडो चर्चामा आइन्छ भन्ने सोचेकी थिइनँ । अहिले मलाई मानिसहरुले चिन्न थालेका छन् ।’

भोलीबाट रिलिज हुने चलचित्र ‘हिटलर’ रोमान्टिक तथा कमेडी कथामा निर्माण भएको उनको भनाई छ । यो चलचित्रमा उनी राणा खानदानकी छोरीको भूमिकामा छिन् । कस्तो रह्यो त चलचित्र छायांकनको पल, उनले भनिन्-‘एकदमै रमाइलो भयो । सोहित र म नजिकको साथी हौँ । मेनुका दिदी, ए गुरुङ दाइसँग काम गर्दा रमाइलो भयो । अहिले म रारा गएको मिस गरिरहेकी छु ।’
उनले, रारामा माइनस १० डीग्रीमा ओपन पहिरन लगाएर काम गर्दा पनि जाडो महशुश नगरेको सुनाइन् । उनले, आफू भन्दा त रारा नै राम्रो रहेको समेत बताइन् ।

किन हेर्नुपर्छ ‘हिटलर’, नव-नायिका हाँस्दै भन्छिन्-‘नयाँ नयाँ कलाकार भएकाले पनि हेर्नुपर्छ । चलचित्रको नाम नै खतरनाक छ । चलचित्रमा सस्पेन्स के छ भनेर पनि हेर्नुपर्छ ।’

उनले चलचित्र भित्र भरपुर कमेडी रहेको समेत सुनाइन् । सामियाले भनिन्-‘म त चलचित्रको छायांकन सुरु भएदेखि नै हाँसेको हाँसै छु । दर्शकले पनि ए गुरुङको कमेडीबाट पूर्ण मनोरञ्जन लिनुहुनेछ ।’

चलचित्र क्षेत्रमा लाग्ने वित्तिकै कुनै यूवतीको बारेमा नराम्रो टिप्पणी हुने गरेकोमा सामियालाई दुःख लाग्छ । वुझ्ने मान्छेले सकारात्मक टिप्पणी गरेपनि धेरैले नकारात्मक टिप्पणी गर्ने गरेको उनको वुझाई छ । उनले भनिन्-‘नेपाली चलचित्रमा त कुनै केटा र केटी पर्दामा देखिदा पनि नराम्रो सोचिन्छ । बलिउडमा काम गरे त्यसैको प्रशंसा हुन्छ ।’ उनले आजसम्म आफूलाई कसैले ‘खराब केटी’ भनेर नभनेको समेत सुनाइन् । धेरैले उनलाई चलचित्र क्षेत्रमा किन गएको भनेर प्रश्न समेत गरेका छन् ?

उनले, चलचित्र ‘हिटलर’ सफल हुनेमा आफू पूर्ण रुपमा विश्वस्त रहेको समेत सुनाइन् । नेपाली चलचित्र क्षेत्रमा ‘हिटलर’ चलचित्रबाट भाग्य चम्काउने तयारीमा रहेकी सामियाको परिक्षा भोलीबाट सुरु हुँदैछ । के, सामिया चलचित्र क्षेत्रमा चम्किएलिन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment