Comments Add Comment

नयाँ शक्ति र फोरमले छाने कैलालीका ६ तहमा उम्मेदवार

११ जेठ, कैलाली । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालले कैलालीमा उम्मेदवारहरुको टुङगो लगाएका छन् ।

दुई दलको जिल्लास्तरीय संयुक्त चुनावी संयन्त्रले यही जेठ ३१ गते हुँने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको उङगो लगाएको हो ।

दुई दलको संयुक्त बैठकले ४ वटा नगरपालिका र २ वटा गाउँपालिकाको उम्मेदवारहरुको टुंगो लगाएको नयाँ शक्ति पार्टी प्रदेश नं. ७ का संयोजक लिला भण्डारीले जानकारी दिइन ।

दुई पार्टीको तर्फबाट छनौटमा परेका उम्मेदवारहरुमा टिकापुर नगरपालिकाको मेयरमा गोबर्धन बि.क. (फोरम) र उपमेयरमा केशपती चौधरी (नयाँ शक्ति), जानकिनगर नगरपालिकाको प्रमुखमा जनक चौधरी (फोरम) र उपप्रमुखमा धना चौधरी (नयाँ शक्ति) रहेका छन् ।

गौरीगङ्गा नगरपालिकाको मेयरमा खड्क सावद (नयाँ शक्ति) र उपमेयर कौशिला चौधरी (नयाँ शक्ति) र भजनी नगरपालिकाको मेयरमा डिल्लीराज जैसी (नयाँ शक्ति) र उपमेयरमा सीता जैसी (नयाँ शक्ति) लाई छनौट गरिएको भण्डारीले जानकारी दिइन ।

यस्तै गाउँपालिका अन्तर्गत नयाँ शक्तिले कैलारी गाउँपालिका अध्यक्षमा गंगा चौधरी र उपाध्यक्षमा अनिल चौधरी र मोहन्याल गाउँपालिकाको अध्यक्षमा कृष्ण कुमार बोहरा र उपाध्यक्षमा एलिना केसीलाई उम्मेदवार बनाएको छ ।

कैलालीका बाँकी स्थानीय तहका उम्मेदवारहरु पनि छिट्टै टुङगो लगाइने संयोजक भण्डारीले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment