Comments Add Comment

जलाशययुक्त आयोजना प्राथमिकतामा, नयाँ हवाई रुट पहिचान गरिने


११ जेठ, काठमाडौं । सरकारले बिहीबार आगामी आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै देशमा विद्युत आपूर्ति बढाउन जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकतामा राखेको घोषणा गरेको छ ।

राष्ट्रिय गौरवका जलाशयुक्त आयोजना निर्माणलाई प्राथमिकतामा राखिएको बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बुढिगण्डकी सहित अन्य जलाशययुक्त आयोजना निर्माणको कामलाई बिशेष प्राथमिकतामा राखेर निर्माणको काम अघि बढाइने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा उर्जा क्षेत्रमा जनताको लगानी बढाउने योजना बनाएको छ । त्यसैअनुरुप सरकारले आगामी आर्थिक वर्षमा उर्जा क्षेत्रमा जनताको लगानी बढाउन बिशेष पहल गर्ने घोषणा गरेको छ । साथै नीजि क्षेत्रलाई उर्जामा लगानी गर्न समेत आकर्षण गर्ने प्रयास गरिने भएको छ । अन्तरदेशिय प्रसारण लाइन निर्माणलाई पनि प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएकेा छ ।

लगानी बढाउन नीतिगत सुधार

बैदेशिक लगानी बढाउनको लागि सरकारले आवश्यक मात्रामा नीतिगत सुधार गर्ने भएको छ । अहिले ठुलो मात्रामा वैदेशिक लगानी अड्किएर बसेको छ । वन तथा खानीको समस्याका कारण ठुलो मात्रामा बैदेशिक लगानी अड्किएर बसेको देखिन्छ ।

यसका लागि नीतिगत सुधार गर्नुपर्ने देखिन्छ । बिहीबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भनिन् ‘बैदेशिक लगानी बढाउनको लागि सरकारले नितीगत सुधार गर्ने छ ।’

फास्ट ट्रयाक द्रुतमार्ग प्राथमिकता

सरकारले काठमाडौं तराई द्रुत मागलाई पनि उच्च प्राथमिकतामा राखेको बताएको छ । हालै मात्रै सरकारले काठमाडौं तराई द्रुत मार्ग निर्माणको जिम्मा नेपाली सेनालाई जिम्मा लगाएको छ ।

यसका लागि अब सरकारले आवश्यक मात्रामा बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ निजगढ बिमानस्थललाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

राष्ट्रपति भण्डारीले भनिन् ‘निजगढ विमानस्थल सहित सरकारले राष्ट्रिय गौरबका विमानस्थललाई प्राथमिकतामा राखेको छ ।’ साथै सरकारले नयाँ हवाई रुटको पहिचान गरि त्रिदेशीय सम्झौता गर्ने पनि घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment