Comments Add Comment

कर्णाली नदीमा डुबेर २ जना वेपत्ता

११ जेठ, कैलाली । कर्णाली नदीमा नुहाउने क्रममा नदीमा डुवेर २ जना बालक बेपत्ता भएका छन् ।

जानकी गाउँपालिका-६, जगतपुर नजिकै विहीबार कर्णाली नदीमा नुहाउँने क्रममा टिकापुर नगरपालिका वडा नम्बर २ राजिपुरका करिव १४/१५ वर्षका पारस ठकुल्ला र वडा नम्बर ५ भगरैया बस्ने अन्दाजी १५/१६ वर्षका राजन भण्डारी वेपत्ता भएका हुन् ।

बेपत्ताको खोजीका लागि स्थानिय, आफन्त, ईलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी निरीक्षक पुष्कर चन्दको कमाण्डमा प्रहरी र शसस्त्र प्रहरी बल उग्रतारा गण टिकापुरबाट समेत मनोज पौडेलको नेतृत्वमा उद्दार टोली खटिएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदिपराज पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment