Comments Add Comment

४० लाख रुपैयाँमा रेनोको ‘लजी स्टेपवे’ नेपाली बजारमा


११ जेठ, काठमाडौं । रेनो अटोमोटिभको आधिकारिक वितरक एडभान्स अटोमोबाइल प्रालिले लजी स्टेपवे संस्करणको नयाँ गाडी नेपालमा सार्वजनिक गरेको छ ।
यो गाडीले आन्तरिक तथा बाह्य सजावटमा नयाँपनसहितको लजी स्टेपवेले डिजाइन, स्पेस, कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धन बचतको समिश्रणको अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ ।

उत्कृष्ट एमपिभी प्रविधियुक्त गाडिको नेपाली बजारमा प्रारम्भिक मूल्य ३९ लाख ९५ हजार कायम गरिएको छ । यो संस्करणका गाडी ८५ पीएस र ११० पीएसमा उपलब्ध हुनेछ । जसमा लजी एसटिडी, लजी आरएक्सई, लजी आरएक्सएल र लजी आरएक्सजेड उपलब्ध छन् । तिनीहरु ७ र ८ सिट अप्सनमा उपलव्ध छन् ।

लजी स्टेपवे ६ वटा रंगहरु प्लानेट ग्रे, रोयल अर्किड, स्लेट ग्रे, फियरी रेड, मूनलाइट सिल्भर र पर्ल ह्वाइटमा उपलब्ध छ । रेनोका लागि सुरक्षा सबैभन्दा उच्चतम महत्व रहेको भन्दै कम्पनीले कयौं सक्रिय तथा निष्त्रिmय सुरक्षा उपकरणहरुका साथमा गाडी उपलब्ध भएको कम्पनीले जनाएको छ ।

सुरक्षा संयन्त्रहरुका साथसाथै, रेनो लजी स्टेपवेमा सुरक्षा एयर ब्यागहरु, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ, अटो डोर लक, सीटबेल्ट रिमाइण्डर, रियर वाइपर तथा वासर, डोर अ जार वार्निङ तथा रियर डिफगर, लगायतका महत्वपूर्ण सुरक्षा विशेषताहरुले कार सु-सज्जित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment