Comments Add Comment

कीर्तिमानी आरोही फुर्वाको सगरमाथाको क्याम्प-२ बाट उद्दार


११ जेठ, काठमाडौं । १० पटक सम्म सगरमाथाको सफल आरोण गरिसकेका नेपाली पर्वतारोही फुर्वा तेन्जीङ शेर्पालाई बिहिबार सगरमाथाको बेसक्याम्पबाट उद्दार गरिएको छ । ११ आैं पटक सगरमाथा आरोहण गर्ने क्रममा शेर्पालाई स्वास प्रश्वासमा समस्या भएपछि क्याम्प २ बाट उद्दार गरिएकेा छ ।

शेर्पालाई स्वास प्रश्वासका साथै फ्रोस्ट वाइट भएपछि उद्दार गरेको उपचारको लागि काठमाडौं ल्याइएको छ । उनको अहिले धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

२७ वर्षीय फुर्वाले गाइड र नेतृत्वकर्ता भएर सन् २०१३ सम्म १० दिनमा दुई पटक, तीन दिनमा दुईपटक र २४ वर्षको उमेरमा नौपटकसम्म सफल आरोहण गरी गरी तीन विश्व कीर्तिमान बनाइसकेका छन् ।

उनलाई हाइ अल्टिच्युड सिकनेस तथा पल्मोनरी इडेमा भएर स्वास फेर्न गाह्रो भएको र उनको अनुहारमा फ्रोस्ट बाइट भएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment