Comments Add Comment

जिल्ला शिक्षा अधिकारी नै घुस लिएको रकमसहित पक्राउ

११ जेठ, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसंधान आयोगको टोलीले पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर देवलाई घुस लिएको रकमसहित पक्राउ गरेको छ ।

शिक्षा अधिकारीलाई नेराप्रावि मैनपुरका प्रधानाध्यापकसँग विद्यालय भवन निर्माणका लागि बिनियोजित १९ लाख रकमको निकासा दिँदा ७० हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । विद्यालय भवन निर्माणका लागि बिनियोजित रकम निकासा गर्न जिल्ला शिक्षा अधिकारी तिवारी र इन्जिनियर देवले घुस मागेपछि प्रधानाध्यापक अख्तियार पुगेका थिए ।

अख्तियारको टोलीले उपलब्ध गराएको रकम शिक्षा अधिकारी तिवारीले ५० हजार र इन्जिनियर देवले २० हजार बुझेका थिए । लगतै दुबैलाई अख्तियारको टोलीले जिल्ला शिक्षा कार्यालय पर्साबाटै पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment