Comments Add Comment

सफलताको नयाँ उचाइमा हुण्डाईको क्रेटा

'नयाँ हुण्डाई' अर्थात क्रेटा


१२ जेठ, काठमाडौं । नेपाली अटो बजारमा थोरै मात्रै त्यस्ता कारहरु आए, जसलाई बजार पाउन ठूलो तामझाम प्रमोशनको जरुरत नै परेन । आफ्नै उत्कृष्ट बनोट, क्षमता र पर्फमेन्सको बलबुतामा नै नेपालमा धेरै ग्राहकको रोजाइ बन्न सफल कारको सूचीको अग्रस्थानमा आउने नाम हो हुण्डाइको ‘क्रेटा’ । यसको कारण रह्यो, क्रेटाको आफ्नै किसिमको विषेशता अनि हुण्डाई प्रति ग्राहकको भरोसा पनि ।

नेपाली कार बजारमा एक वर्षमा दर्जनभन्दा बढी कम्पनीका २ दर्जनभन्दा बढी किसिमका कार भित्रिन्छन् । सानोे भएपनि विस्तारै उकालो लागिरहेको नेपाली अटोबजारमा आफ्ना प्रोडक्टको प्रोमोसन र चर्चा लागि कार उत्पादक तथा विक्रेता कम्पनीहरुले धेरै किसिमबाट मेहेनत गर्छन् ।

तर, हुण्डाईको क्रेटाको चर्चा त्यतिबेला नै नेपालमा थियो, जतिबेला यो नेपालमा भित्रिएकै थिएन । हुण्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार क्रेटा कार जब नेपाली सडकमा गुड्न सुरु भयो, त्यसपछि ग्राहकले यसलाई यति मन पराए कि कम्पनीले यसको ‘इन्क्वायरी’ लिएरै भ्याएन । बुकिङ पनि तीव्र भयो । अझै पनि कम्पनीमा यसबारे चासो राख्ने ग्राहकले राख्ने क्रम घटेको छैन ।

अहिले अटो लोनमा कडाइ हुँदा पनि क्रेटा किन्नेहरुको संख्या अन्य कारभन्दा राम्रो छ । बजारको चर्चा, र यसले ग्राहकलाई दिएको विश्वास र सतुष्टीले क्रेटालाई सफलताको नयाँ उचाईमा पुर्‍याएको छ ।

त्यसैले क्रेटाले एउटा ‘पर्फेक्ट एसयुभी’ का रुपमा नेपालमा आफ्नो प्रभाव छोडेको भन्न अल्मलिनुपर्ने अवस्था छैन । नब धनाढ्य र इन्ट्री लेभलबाट अपग्रेड हुनेहरूले क्रेटाप्रति दर्शाएको विश्वासले क्रेटाले नयाँ उचाइ पाउन सफल भएको हो ।

निरन्तर क्रेटा-क्रेज

०७२ को भदौ २७ गते क्रेटा नेपालमा लञ्च भएको थियो । त्यसको एकहप्तापछि नै संविधानमा असन्तुष्टी जनाउँदै भारतको अघोषित नाकाबन्दी सुरु भयोे । झण्डै ४ महिना भारतका सीमामा आएर अन्य जस्तै क्रेटा पनि रोकिए ।

‘यहाँ बुहप्रतिक्षित बनेको क्रेटा लञ्च हुनासाथ बुकिङको ठूलो लहर लाग्यो । त्यतिबेला नै गाडी सीमामा आएर रोकिए । ग्राहकहरुले धैर्य गरिरहनुभयो’ त्यो अवधिलाई सम्झँदै कम्पनीका सिनियर मार्केटिङ म्यानेजर अवाशिष ओझा भन्छन्-‘तर, लामो समयसम्म पनि नाकाबन्दी नखुलेपछि एक जना ग्राहक त क्रेटालाई आफ्नै खर्चमा हेलिकोप्टोरबाट लिफ्ट चार्टड गरेर ल्याउन सकिँदैन ? भनेर सम्म सोध्न आउनुभयो । त्यो अनुभव हाम्रा लागि अच्चमलाग्दो त थियो नै त्यतिकै उत्साहपूर्ण पनि थियो । ति ग्राहकले कारको कलर नै नछानी पहिले आएको क्रेटा लगिहाल्नुभयो ।’


हो, त्यसपछि क्रेटाको ‘क्रेज’ पछिल्लो समयमा झन फराकिलो बन्दै गयो । जुन आजसम्म पनि कायमै छ ।

अहिलेसम्म कम्पनीले बजारमा झण्डै २ हजार ३ सय भन्द बढी क्रेटा गाडी बेचेको छ । नेपाल नआएको २ वर्ष नपुग्दैै यतिको संख्यामा क्रेटा बेचिएको हो । अझ यो बीचमा झण्डै ६ महिना नाकाबन्दीले अर्थतन्त्र पूर्ण रुपमा प्रभावित समय थियो ।

क्रेटाको प्रवेश नभएसम्म इन्ट्री लेभलका ह्याचब्याक चढिरहेकाहरुलाई अपग्रेड हुन सबैभन्दा भरपर्दो विकल्प बनेको छ, क्रेटा ।

सुरुवातको भुक्तानी गरेर महिनामा २५/३० हजार रुपैयाँसम्म कारको किस्ता तिर्न सक्नेहरुले ह्याचब्याक चढिरहनुपर्ने बाध्यता हुण्डाईले हटाइदिएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका डेपुटी जेनेरल म्यानेजर रुपेश शर्मा भट्ट बताउँछन् ।

‘जीप चढ्न चाहानेहरुका लागि यसले जुन किसिमको सजिलो विकल्प दियो, त्यसैले यसलाई आज नेपालमो टप एसयुभी बनाएको छ’ भट्ट भन्छन्,’क्रेटाको आगमनपछि यो किसिमको एसयुभी नेपाली ग्राहकको अघि आयो कि उहाँहरुले अन्त जानु र सोच्नु पर्ने नै भएन ।’

आकर्षणको केन्द्रमा

हो पनि, क्रेटा डिजाइनका मामिलामा मात्रै नभएर फिर्चसमा दृष्टीकोणबाट पनि फूल एसयुभी जस्तै भएका कारण धेरैले रुचाए । कम मूल्यका भेरियन्टमा पनि अधिकतम् सुविधाहरु राखिँदा क्रेटाले बजारमा राम्रो प्रभाव छोड्यो ।

एसयुभी कार चढ्नका लागि ठूलै बजेट चाहिन्छ भन्ने भ्रमलाई चिर्ने कार बन्यो, क्रेटा । नेपालमा सार्वजनिक भएलगत्तै यो चर्चा र आकर्षणको केन्द्रमा रहिरह्यो र रहँदैछ पनि ।


क्रेटा मध्यम आम्दानी भएका परिवारको नयाँ कारको सपनालाई साकार गर्न सक्षम बन्ने क्रममा छ । नेपालमा यसको रोड पर्फमेन्स र क्षमताको परीक्षण भइरहेको छ र अहिलेसम्म यसले कार बजार सकारात्मक नतिजाहरु देखएको छ ।

झण्डै साढे २ वर्षमा क्रेटाबारे एउटा पनि गुनासो नआउँदा आफूहरु उत्साहित भएको मार्केटिङ म्यानेजर ओझा बताउँछन् ।

‘जुनसुकै कारहरु बेचेपछि केही गुनासाहरु आउँछन् । भएका कमजोरीलाई स्वीकार्नु पनि पर्छ । तर, यहाँ आमी के कुरा अच्चमित भएका छौं भने क्रेटा बेच्न सुरु भएको यतिको समयसम्म पनि यसबारे गुनासो लिएर आउने ग्राहक हामीले पाएनौं’ ओझा भन्छन् ।

नेपाली बाटोको गाडी

क्रेटा बिल्कुलै नयाँ स्टाइलको कम्प्याक्ट एसयुभी हो । नेपालमा हुन्डाईको उपस्थिति थप मजबुत बनाउन लक्ष्य राखेर नै यो कार भित्र्याइएको थियो । जसलाई क्रेटाले पुरा पनि गरेको छ ।

क्रेटा पेट्रोल र डिजेल इञ्जिनमा गरी ७ वटा भेरियन्टमा उपलब्ध छ । पेट्रोलमा तीनवटा र डिजेलमा चारवटा भेरियन्ट बजारमा छन् ।क्रेटाको सबै भेरियन्टमा ६ स्पीड गियर रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ । प्रायः कम्प्याक्ट एसयुभीमा १६५ भन्दा बढी ग्राउण्ड क्लेयरेन्स हुँदैन ।

तर, ग्राउण्ड क्लेयरेन्समा अब्बल रहेका कारण पनि यो नेपाली माटो र बाटो सहााउँदो ठहरिएको छ । यसको बुट स्पेस ४०२ लिटरको छ । यसको पर्याप्त बुट स्पेशले परिवारिक यात्रा सहज गराउँछ । यसमा ५५ लिटर इन्धन अटाउने ट्यांकी छ ।

अविश्वसनीय मूल्य

क्रेटा देख्दा जति सानदार लाग्छ, यसको मूल्य भने ग्राहकलका लागि अवश्विसनीय नै छ । अनेकन फिचर्सले सजिएको क्रेटा नेपालमा क्रेटाको मूल्य भेरियन्टअनुसार साढे ४२ देखि ६२ लाख रुपैयाँसम्म पर्छ । यो पेट्रोल इञ्जिनमा क्रेटा १६०० सीसीमा उपलब्ध छ ।


पेट्रोल इञ्जिन क्रेटा इ मोडलको ४२ लाख ५६ हजार, क्रेटा इ प्लसमा ४५ लाख ९६ हजार र क्रेटा एसएक्स प्लसको ५२ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

यसैगरी डिजेल इञ्जिनमा क्रेटा १४०० सीसी र १६०० सीसीमा उपलब्ध छ । १४०० सीसीको डिजेल इञ्जिन क्रेटाको मूल्य ५६ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । १६०० सीसीमा डिजेलतर्फको एसएक्स प्लसको ५८ लाख ५६ हजार र एसएक्स ओको ६१ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

डिजेल इञ्जिनमा क्रेटा अटोमेटिक गियरमा समेत उपलब्ध छ । १६०० सीसी इञ्जिन क्षमताको अटोमेटिक गियरयुक्त क्रेटाको मूल्य ६२ लाख ५६ हजार रुपैयाँ छ ।

सुरक्षामा विश्वास

क्रेटा सुरक्षाका मामिलामा अन्यभन्दा उत्कृष्ट रहेकाले पनि ग्राहकले यसलाईविश्वस गरेका छन् । ट्युबलेस टायर प्रयोग गरिएको क्रेटामा फ्रन्ट ब्रेक डिस्क र रियर ब्रेक ड्रम रहेको छ । क्रेटा विभिन्न ७ वटा कलरमा उपलब्ध छन् ।


यसमा भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट (भीएसएम), इलेक्टि्रक स्टाविलिटी (ईसीएस), हिल स्टार्ट एसेक्ट कन्ट्रोल -एचएसी), रियर प्राकिङ एसिष्ट सिष्टम, एन्टी लक ब्रेकिङ सिष्टम, फ्रन्ट र साइडमा गरी ६ एयरब्याग लगायतका सेफ्टी फिचर रहेका छन् । यस्ता विशेषताले चालक रयात्रुलाई गाडीभित्र रहादा असुरक्षाको महसुस गर्नुपदैन ।

उत्कृष्ट डिजाइन र फिचर्स

शक्तिशाली इन्जिन रहेको क्रेटा डिजाइनमा स्टायलिस माात्रै छैन, उत्कृष्ट ढाँचागत बनोटले सुरक्षाका मामिलामा पनि अब्बल छ ।

इन्टेरियरलाई जति आकर्षक बनाइएको छ त्यति नै गाडीभित्रको ‘न्वाइज’ लाई सेन्सर गर्ने गरी बनोट तयार गरिएको छ । गाडीभित्र बस्दा भित्र रबाहरिको आवाज झेल्नुनपर्ने भएकाले धेरैलाई यसले सन्तुष्ट बनाएको छ ।

क्रेटाको अगाडि र पछाडिको भाग आकर्षक बनाइएको छ । यसको हेड र टेल लाइट नयाँ डिजाइनमा छ । यसमा युनिक भर्टिकल फग लाइट राखिएको छ ।

क्रेटामा बिलासी यात्राको आभास दिलाउन ड्राइभर सिट हाइट एडजष्टर, फुल्ली अटोमेटिक टेम्प्रेचर कन्ट्रोल, फराकिला सिट, इन्फोटेनमेन्ट म्युजिक सिष्टम लगायतका सुविधाहरु राखिएको छ ।


कम्पनीकाअनुसार टिकाउ बडी र शक्तिशाली इञ्जिनसहितको चलाउन आरामदायी क्रेटाले एसयुभीको बढ्दो बजारमा आफ्नो अलग्गै पहिचान स्थापित गरेको छ ।

बलियो ‘हाइभ स्ट्रक्चर’ बडी सेलद्वारा डिजाइन गरिएकाले यसको क्षमता र टिकाउपना अरुको दाँजोमा प्रभावकारी छ । गाडीको ‘बी-पिलर, सी-पिलर र इञ्जिन वे’मा प्रयोग गरिएको रिङ आकारको फ्रेमले पनि गाडीलाई बलियो बनाउन मद्धत गरेको छ ।

हुन्डाई मोटरको ‘फ्लुडिक स्कल्पचर २.० डिजाइन फिलोसोफी’ मा आधारित क्रेटाले उपभोक्ताको आराम, सुरक्षा र स्टाइलमा कुनै सम्झौता गरेको छैन ।

क्रेटाको क्याबिन कम्पनीले निकै व्यावहारिक ढंगले बनाएको छ । यसको डिजाइन निकै क्लीन तथा आरामदायी छ । भित्री सजावटका लागि कम्पनीले गरेको मेहेनत एक झलकमै सबैले महसुस गर्न सक्छन् ।


क्रेटा नेपालमा विभिन्न ७ कलरमा उपलब्ध छ । मिस्टिक ब्लु, रेड प्यासन, पर्ल बिग, पोलार ह्वाइट, स्टार डस्ट,स्लीक सिल्भर र फ्यान्टम ब्ल्यक कलरमा उपलब्धछ । यो मध्ये आफूलाई मन परेको कलरमा क्रेटा किन्न पाइन्छ ।

उत्कृष्ट ग्राण्ड क्लियरेन्स, धेरै स्पेस र ड्राइभरका लागि उत्कृष्ट भिजिबिलिटी यसको विशेषता हुन् । यी विशेषताहरुले चालक र यात्रुलाई रोमाञ्चकता, स्वतन्त्रता र आत्मविश्वास प्रदान गर्ने कम्पनीको दावी छ ।

‘नयाँ हुण्डाई’ अर्थात क्रेटा

क्रेटा नयाँ पुस्ताको उपभोक्ताका लागि उच्चस्तरीय इञ्जिनियरिङ र उच्च क्षमताको एसयुभी सावित भइसकेको छ ।

क्रेटाले नेपाली बजारमा आफूलाई हुन्डाईका मात्रै नभएर कम्प्याक्ट एसयुभी सेगमेन्टमा सबैभन्दा नवीन र पृथक शैलीको सवारीका रुपमा प्रमाणित गरेको छ । कम्पनीले यसलाई नयाँ युगको हुन्डाई भनेर परिभाषित पनि गरेको छ ।


एसयुभी गाडीका पारखीलाई मध्यनजर गरी क्रेटा उत्पादन क्रेटाले एसयुभी बजारमा नयाँ ट्रेन्डको सुरुवात गराएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलका डेपुटी जेनेरल म्यानेजर भट्ट क्रेटाले बजारमा पाएको प्रतिक्रया ज्यादै उत्साहप्रद रहेको सुनाउँछन् ।

‘गाडी लञ्च हुँदा हामीले जति अपेक्षा गर्‍यौं, त्यसोभन्दा क्रेटा खरो उत्रियो । हामीले क्रेटाले लिएको बजारलाई एसयुभी सेगमेन्टमा सबैभन्दा सफल मानेका छौं’ भट्टले भने,’यो गाडीका उत्कृष्ट फिचर्सले ग्राहकलाई स्वतः हामी कहाँ ल्यायो । बजारमा जति क्रेटा गए, तीनका ग्राहकको सुन्तुष्टीले हामीलाई पनि सुन्तुष्ट गराएको छ ।’

‘प्रतिस्पर्धी नै भएनन्’

हुण्डाई ब्राण्ड नेपालमा धेरै रुचाइएको ब्राण्ड हो । त्यसैले यो कम्पनीले कम्प्याक्ट एसयुभीमा क्रेटा भित्राउनासाथ ‘ब्राण्ड कन्सस’ ग्राहकले यसलाई हेरे र उत्तिकै रुचाए ।


विशेषगरी इन्ट्री लेभलबाट अपग्रेड हुन चाहाने नब धनाढ्यको पहिलो र एकमात्रै विकल्प बन्यो क्रेटा । कम्पनी पनि यसमा सहमत छ कि क्रेटाले बजारमा अन्य कम्पनीको कडा प्रतिस्पर्धी नै पाएन ।

‘यो लुक्स र फिचर्सका मामिलामा आफ्नै विशेषताहरु लिएर आयो । त्यसैपनि यसले ठूलो प्रतिस्पर्धी भेटाएन’ भट्ट भन्छन्,’त्यही पनि बजारमा आएका केही एसयुभीसँग यसको तुलना भयो । यो अब्बल हो भन्ने छुट्याउन ग्राहकलाई धेरै समय कन्फ्युजन भएन ।’

विशेषगरी मध्यम वर्गीय जीवन बाँचिरहेका डाक्टर, ब्यवसायी, वकिल, प्रोफेसर लगायतले क्रेटालाई आफ्नो बनाइरहेका छन् ।

रिसेल भ्यालुप्रतिको विश्वास

हुण्डाईका कारहरुको बलियो रिसेल भ्यालुले पनि क्रेटालाई बजारमा राम्र्रो संख्यामा देख्न सकिने अवस्था आएको हो । ब्राण्ड नहहेरी किन्दा केही वर्षपछि गाडी परिवर्तन गर्न खोज्दा आफ्नो गाडीको रिसल भ्यालु अविश्वसनीय रपमा गिर्ने गरेको अनुभव धेरैसँग छ ।

नेपालमा क्रेटा सार्वजिनक हुँदाको पल ।

तर, हुण्डाईमा किनेको भन्दा धेरै घटेर बेच्नुनपर्ने अवस्था हुने भएकाले धेरै यता तानिएका डेपुटी म्यानेजर भट्ट बताउँछन् ।

‘कुनै बेलामा ३० लाखमा किननिएको टुअसन गाडीको रिसेल भ्यालु आज पनि २८ लाखसम्म नै छ । हाम्रो गाडीको अवमूल्यन खासै हुँदैन’ भट्टन् भन्छन्, ‘सामन्यतया ५/६ वर्ष नचढी आफ्नो गाडी बेच्न कसैले खोज्दैन । क्रेटा अहिलेसम्म रिसेल बजारमा आएको छैन, आयो भनेपनि त्यसको मूल्य खासै घट्ने छैन ।’

कम्पनीको सेवा

कुनै गाडी सफल हुनुमा समग्र कम्पनीको सर्भिसको पाटो पनि महत्वपूर्ण हुन्छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्टर सेल्स सर्भिसमा पछिल्लो समयमा आक्रमक रुपमा प्रस्तुत भएको छ । देशका विभिन्न स्थानमा थ्रीएस सेन्टरहरु खोलेर कम्पनीले दिइरहेको छ ।


कम्पनीले काठमाडौंमा मात्रै ४ वटा सर्भिस सेन्टर खोलेको छ । जसमा दक्ष जनशक्तिहरु राखिएका छन् । प्रविधिमा आउने परिवर्तनबारे बुझाउन सर्भिस सेन्टरहरुमा ट्रेनिङहरु आयोजना गर्ने गरिन्छ ।

सर्भिस सेन्टरहरुमा आधुनिक इक्वीपमेन्ट पनि ल्याएर कम्पनीले आफ्नो सेवालाई विश्वसनीय र गुणस्तरीय बनाउन प्रयत्न गरिरहेको छ । कम्पनीले डिलरलाई पनि सर्भिसबारे तालिम दिने गरिएको डेपुटी जेनेरल म्यानेजर भट्टले बताए । सर्भिसमा कम्पनीले दिएको विशेष ध्यानले क्रेटालाई बजारमा छाउन सहज भयो ।

‘कार अफ दि इयर’

यति मात्रै हैन क्रेटाले भारतमा सन् २०१६ को ‘कार अफ दि इयर’ को उपाधि जित्यो । हुण्डाईमा कारहरुले भारतमा ४ वर्ष ‘कार अफ दि इयर’ जितिसकेको छ ।


हुण्डाईले सन् २०१४, २०१५ र २०१६ मा लगातार ‘वर्षको उत्कृष्ट कार’को उपाधि जितेको छ । यसबाट पनि कम्पनीप्रतिको विश्वास झन बढेर जाँदा क्रेटालाई बजारमा स्थापित हुन सहज भएको डेपुटी जेनेरल म्यानेजर भट्टले बताए ।

तर, पनि नेपाली बजारमा रेनल्टको डस्टर र होण्डाको बीआरभीसँग क्रेटाले मुख्य प्रतिस्पर्धा गरिरहेको छ ।

क्रेटा नेपाल अाउँदाको भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment