Comments Add Comment

लिखु गाउँपालिका अध्यक्षको घोषणा : पहिलो महिनाको तलब सुकुम्बासीलाई दिने

११ जेठ, रामेछाप । यहाँको लिखु गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले आˆनो पहिलो एक महिनाको तलब भूकम्प पीडित सुकुम्बासीलाई दिने घोषणा गरेका छन् ।

उनले जनता सामु बोलेका कुरा क्रमस पुरा गर्दै जाने र त्यसको सुरुवात सुकम्बासी जनताबाट गर्ने बताए ।

बिहीबार लिखु गाउँपालिका वडा नम्बर ५ का विजयी उम्मेदवारहरुको पदभार ग्रहण तथा शुभकामना कार्यक्रममा उनले आफूलाई राज्यले उपलब्ध गराउने पहिलो महिनाको तलव दुरागाउँमा रहेको २२ घर भूकम्प पीडित सुकुम्बासीलाई दिने प्रतिवद्धता जनाएका हुन् ।

खड्काले गरीब र पछाडि परेका जनताका लागि आफूले प्रतिबद्ध भएर काम गर्ने बताए । लिखु गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली र रोजगारीको क्षेत्रमा जनतासँग बोलेका कुरा अक्षरस कार्यान्वय गर्दै जाने उनको भनाइ छ ।

उनले ५ बर्षसम्म सम्पूर्ण शक्ति विकास निर्माण लगायत जनताको लागि खर्च गरी लिखु गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने बताए ।

गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहालले अबको दिनमा सबैसंग हातेमाले गरेर काम गर्ने बताइन् । उनले निर्वाचनमा हारजित हुने भएकाले पराजितहरुलाई हारको महसुश नहुनेगरी काम गर्ने बताइन ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष शान्तिप्रसाद पौडेलले बिजयी भएका जनप्रतिनिधिहरुलाई जनताको चाहाना अनुसार काम गर्न निर्देशन दिए ।

उनले निर्वाचनमा उठेर जनताले छानिसकेपछि जनताकै लागि झोला बोकेर जनप्रतिनिधिहरु हिड्नुपर्ने बताए ।  कार्यक्रम लिखुगाउँपालिका वडा नम्बर ५ नागदहका अध्यक्ष सोम बहादुर तामाङको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment