Comments Add Comment

उपेन्द्र र विजय गच्छदारसँग महन्थ ठाकुरको गोप्य भेट

११ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग छलफल गरेका छन् ।

दोस्रो चरणको चुनाव नजिकिँदै जाँदा राजपा अध्यक्ष ठाकुरले यादव र गच्छदारलाई सानोथिमीस्थित आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन् । यो भेटमा तीन नेता मात्र सहभागी थिए ।

ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार रहेको बताएका छन् । ‘हामी चुनाव विरोधी होइनौं । तर, न पार्टी दर्ता छ, न हामीले चुनाव चिन्ह पाएका छौं अनि चुनावमा कसरी जाने ?’ त्रिपक्षीय छलफलमा ठाकुरले भनेका छन् ।

तीन नेताबीच चुनावी तालमेलबारे पनि छलफल चएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा साझा उम्मेदबारी दिनको लागि सहकार्य गर्न ठाकुर र गच्छदारसँग प्रस्ताव गरेका छन् । मधेशी जनताको चाहना र भावना अनुसार स्थानीय चुनावमा सहकार्य आवश्यक रहेको यादवको तर्क थियो ।

यादवको प्रस्तावलाई सकारात्मक रुपमा लिएका गच्छदारले मिलेर अघि बढ्न सकिने बताएका छन् ।

यद्यपि, त्रिपक्षीय छलफलमा कुनै सहमति जुट्न सकेन । राजपा अध्यक्ष ठाकुरले आन्दोलनको प्रसंग निकाल्दा फोरम अध्यक्ष यादव र लोकतान्त्रिका गच्छदारले मधेसको उपलब्धिलाई संस्थागत गर्न आन्दोलनकै रुपमा स्थानीय तहको चुनावलाई सदुपयोग गर्न सुझाव दिएको एक नेताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment