Comments Add Comment

पोखरा– ३० र ३१ मा एमाले प्यानल विजयी

१२ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिका– ३० र ३१ मा एमाले प्यानल विजयी भएको छ । वडा नम्बर ३० मा श्रीराम पोखरेल र वडा नम्बर ३१ मा कमलबहादुर थापाको प्यानल बिजयी भएको हो ।

वडा नम्बर ३० को वडाध्यक्षमा निर्वाचित एमालेका  श्रीराम पोखरेलले २ हजार २८ मत  प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दुर्गाप्रसाद सुवेदीले १ हजार ९ सय २५ मत प्राप्त गरे ।

महिला सदस्यमा शारदा बास्तोला, दलित महिला सदस्यमा रमा नेपाली (सर्किनी) तथा खुला सदस्यमा सोमलाल कँडेल र चोलाप्रसाद बराल विजयी भए ।

त्यस्तै, वडा नम्बर ३१ को वडाध्यक्षमा एमालेका कमलबहादुर थापा १ हजार ७ सय ६१ मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शरदराज सुवेदीले १ हजार २ सय ६१ मत प्राप्त गरे ।

महिला सदस्यमा साबित्री भण्डारी, दलित महिला सदस्यमा विष्णु सुनार तथा खुला सदस्यमा विष्णुबहादुर भुजेज र पूर्णखर पाण्डे विजयी भए ।

अब पोखराको २ वडाको गणना बाँकी छ । वडा नम्बर ३२ र ३३ को मतगणना पछि पोखराको अन्तिम परिणाम आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment